अर्जेन्टिना ३ टन खाना लिएर रुसमा



मस्को, (एजेन्सी)
फिफा विश्वकप २०१८ मा सहभागि हुने सबै टोली रुस पुगिसकेका छन् । यसै दौरान अर्जेन्टिनाको टोली पनि रुस पुगेको छ । अर्जेन्टिनी खेलाडीसँग सम्बन्धित एक खबर ज्यादै नै आश्चर्य छ । अर्जेन्टिनाका खेलाडी आफुका साथ ३ टन घरकै खाना लिएर आएका छन् ।

अर्जेन्टिनाका खेलाडीलाई पकाएर ख्वाउने कुक रुसमा टोली भन्दा पहिले पुगेका थिए ।
रुसमा अर्जेन्टिनाका राजुदत रिकार्डो लगोरियोले यो सहि भएको बताए । उनले खेलाडीलाई घर जस्तै वातावरण दिने पनि भएको बताए ।

यसले अर्जेन्टिनाका खेलाडीले आफनो नेचुरेल डाइट खानेछन् र फिट भइरहनेछन् भन्ने लगोरियाको विश्वास रहेको छ । घरकै खाना खाएमा नतिजा पनि राम्रै निस्कने पनि बताइएको छ । डाइटमा बीफ, ड्युल्से, डेलचे, पोर्क आदि व्यंजन प्रमुख छन् । अर्जेन्टिनी प्रबन्धनले फ्रेस खाना पनि साथ लान सक्थ्यो तर रुसमा अर्को देसको फ्रेस खाना ल्याउन मनाही छ।

अर्जेन्टिनाको यस पटक सबै आशा कप्तान लियोनल मेसीमाथि टिकेको छ । अर्जेन्टिनाले १६ पटक प्रतियोगितामा भाग लिएको छ । टोलीले जसमा चार पटक फाइनलमा पुगेकोमा दुई पटक उपाधि जित्न सकेन । गत विश्वकप छीमेकी राष्ट्र ब्राजिलमा हुँदा पनि अर्जेन्टिनालाई मेसीले फाइनल पु¥यायो तर जर्मनीसँग १–० गोलले हार्न पुग्यो । मेसीको शायद अन्तिम विश्वकप पनि हुन सक्ने अनुमान लगाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्