फिफा विश्वकप: प्लेयर्स टू वाच



मन्सूर अल हार्बी (साउदी अरेबिया)
साउदी अरेबियाको घरेलु ब्यवसायिक फुटबल क्लब अल आह्लीका डिपÞmेन्डर हुन मन्सूर अल हार्बी । ५ फिट ८ इन्च उंचाई रहेका ३० वर्षीय हार्बीले सन् २००६ देखि साउदी अरेबियाको राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । यस क्रममा उनले राष्ट्रिय टोलीबाट ३७ म्याच खेलेका छन् । लेफ्ट ब्याक डिफेन्डर भए पनि उनले एक गोल आफ्नो नाममा लेखाएका छन् । सन् २०१३ को गल्फ कपमा यमनविरुद्धको खेलमा उनी म्यान अफ दी म्याच घोषित भएका थिए ।
एलन जेगोभ (रसिया)
आसन्न फिफा विश्वकपका आयोजक रसियाको घरेलु फुटबल क्लब सीएसके मस्कोका सेन्ट्रल मिडफील्डर हुन एलन जेगोभ । ५ फिट १० इन्च उचाई भएका २७ वर्षीय जेगोभ सन् २००८ देखि रसियाको राष्ट्रिय टोलीका सदस्य बन्दै आएका छन् । यस क्रममा उनले रसियाको राष्ट्रिय टिमका लागि ५५ म्याचमा ९ गोल गरेका छन् । सन् २००६–०७ को सिजनमा क्रिलिया सोभेटोभ क्लबबाट फुटबल करियरको थालनी गरेका उनले उक्त सिजन ३७ खेलमा ६ गोल गरेका थिए । यस्तै सन् २००८ देखि निरन्तर सीएसकेए मस्कोबाट खेल्दै आएका जेगोभले २ सय ३० म्याचमा ५२ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्