रोम साँढेको मुत्र थैलीबाट फुटबल खेलको विकास



प्राचीनकालदेखि चलन चल्तीमा रहेको फुटबल खेल आधुनिकतम रुपमा १९ औं शताब्दीमा ब्रिटेनका विद्यालयहरुमा जन्म भएको हो । विश्वव्यापी रुपमा लोकप्रिय भइसकेको यो खेल विश्वभर गाउँघरदेखि सडक गल्ली र रंगशालामा खेलिने गरिएको छ । हाल आएर विश्वमा सबैभन्दा बढी संख्यामा दर्शक तान्न सक्ने खेल नै फुटबल भएको छ ।

फुटबल प्रतिको विश्वव्यापी मोह अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को सदस्य राष्ट्र संख्या १९३ पुगेबाट नै स्पष्ट हुन आउँछ । जुन संख्या संयुक्त राष्ट्र संघको सदस्य संख्या भन्दा बढी रहेको छ । महिला र पुरुष गरी विश्वका कूल २५ करोड व्यक्तिले फुटबल खेल्ने गर्दछ । यो तथ्यांक कुनै पनि प्रतियोगितामा भाग लिने आधिकारिक खेलाडीहरुको संख्याबाट मात्र लिइएको हो ।

अन्य लाखौं संख्यामा बाल। बृद्ध र युवाहरु स्वस्थ मनोरञ्जनका लागि संसारका हरेक कुना काप्चामा दुई टोली बनाएर यो खेल खेल्ने गरेका छन् । यो खेल मानवता र भाइचारा तथा भावनात्मक उद्वेग एक आपसमा साट्ने बलियो माध्यम भइसकेको छ ।

फुटबलको खेलको उत्पति विश्वको मानचित्र र इतिहासको हरेक कुनाकाप्चामा भेट्न सकिन्छ । यो खेल युगौं पहिलादेखि चिनियाँ, जापानी, इजिप्टवासी र एस्सीरीयन्स माझ त्यतिकै प्रचलित थियो । त्यसपछि हार्पास्टम नामक एक रोम साँढेको मुत्र थैलीलाई बलको रुपमा प्रयोग गदै यस खेलको प्रचार एटलान्टिक महासागरका किनाराहरुसम्म पु¥याइएको थियो ।

सन् १८८६ मा फुटबल खेलमा नियमहरु पहिलो पटक रग्बी खेलमा लागु गरिएको थियो । त्यसबेला रग्बी टोलीमा १५ देखि ६० जना खेलाडीसम्म रहने गर्थे । तर १८७० मा फुटबल संघले प्रत्येक फुटबल टोलीमा निश्चित रुपमा ११ जना मात्र खेलाडी रहने नियम बसालेको थियो ।

१८७१ मा स्कटल्यान्ड र इंग्ल्यान्डबीच सम्पन्न म्याच नै फुटबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय म्याच हो । यस खेल दुबै पक्षबाट गोल हुन नसकी बराबरीमा टुंगिएको थियो ।

कवि ली यु (१३६–५० बीसी) मा रचेको फुटबलसम्बन्धी सानो कविता
बल छ गोलो, खेल्ने मैदान बर्गाकार
मानौ यी हुन् पृथवी र आकास जस्तै
दुई टोली एक आपसमा भिड्दै गर्दा
हामी माथि माथि बल घुम्छ सूर्य जस्तै

आधुनिक फुटबल शुरु भएको एक शताब्दी भित्रै यो खेल विश्वकै एक मात्र सबैले बुझ्ने र सबैलाई स्वीकार्य संस्कृतिको रुपमा लोकप्रिय भयो । यसरी यो खेल दिन प्रतिदिन लोकप्रिय हुनाको प्रमुख कारण नै समूहमा एक आपसी समझदार निभाएर खेले मात्र आफनो लक्ष्य प्राप्त हुन सक्ने भन्ने यो खेलले बोकेको एउटा महत्वपूर्ण जीवन दर्शन हो ।

जुनसुकै लिंग, वर्ण, जातिले पनि खेल्ने सक्ने यस खेलले कुनै पनि व्यक्तिलाई खेलकुद संसारको शिखरमा पु¥याउन सक्दछ । मानिसहरु जंगली अवस्थादेखि नै शायद कुनै डल्लो वस्तुलाई मानिसले बललाई जस्तै खुट्टाले हान्न सिकेको हुन सक्दछ ।

तर विना नियम र अनुशासनमा नबाँधेको कुनै पनि खेलको अस्तित्व नरहनु सर्वविदितै छ । तसर्थ निश्चित नीति बनाई यस खेलको शुरुआत गरी यसलाई आधुनिक रुप दिने श्रेय इंग्ल्यान्डलाई नै दिइनुपर्छ । हाम्रो यस वर्तमान युगको दोस्रो शताब्दीमा चिनियाँहरुले यो खेल कसरी खेल्ने भन्ने उल्लेख गरिएको २५ परिच्छेदको एउटा विधान पत्र तयार पारेका थिए ।

उक्त पत्रमा यस खेल सम्बन्धी एघार वटा नियम उल्लेख गरिएको थियो । ती मध्ये कुनै पनि नियम तोड्ने खेलाडीलाई तत्काल खेल मैदान बाहिर पठाइन्थ्यो र उसले त्यहाँ उपस्थित दर्शक भीडबाट पनि अपमान सहनुपथ्र्यो ।

शुरुमा चीनमा प्रचलित रहँदा यस खेलमा सैनिक बीच हुने जसतो कडा नियम अपनाइएको थियो । तर य’रोपमा यस खेलको विकास ह’ँदा चीनमा यो खेलको प्रचलन प्रायशः ल’प्त भइसकेको थियो ।

सन् १८७१ मा संचालित पहिलो अन्तर्राष्ट्रिय म्याच, इंग्लिस कप हेर्न कूल २ हजार दर्शक मात्र उपस्थित भएका थिए । पछि वृद्धि हुँदै सो कपमा सन् १८८८ मा १७ हजार, १८९३ मा ४५ हजार र १९०१ मा १ लाख १० हजार दर्शक संख्या पुगेको थियो ।

-साधना (पूर्णांक ५५, विश्वकप विशेषांक ९८)

प्रतिक्रिया दिनुहोस्