सुरक्षित स्थलको चर्चा



३३ किलो सुन प्रकरण काण्ठमा फुत्किएका ठूला माछा पक्रिन प्रहरीले बुधबार काठमाडौंका विभिन्न ठाउँमा जाल हानेछ । ठूला माछाको एउटा झुन्ड निकै चल्तीमा रहेको बाजेको सेकुवा कर्नरमा छ भन्ने बुझेपछि जाल हान्या रे । काठमाडौंमा रहेका बाजेको सेकुवाका १० आउटलेटमध्ये ६ वटामा सिलबन्दी गरेको सुनियो ।

अनामनगर, गौरीधारा, बत्तीसपुतलीलगायतका आउटलेटमा ठूला माछाको झुन्ड रहेको प्रहरीको ठहर छ । सिलबन्दी गरिएका आउटलेट आसपासका अन्य रेष्टुराँ सञ्चालकहरु निकै ठूलो खुसियालीमा उत्रिएर ठूलै पार्टी ग¥या पनि सुनियो । ‘हाम्रो बिजनेस त चौपटै पा¥या थियो नि, अब बल्ल हाम्रो दिन शुरु भयो, ६ वटा मात्रै किन १० वटै आउटलेट बन्द गर्नुपर्ने’ भन्दै बाजेका छिमेकी सञ्चालकहरु राम्रै सोमरस पार्टीमा उत्रिया देखियो/सुनियो ।

बाजेका विरोधी एक थरी भन्दै थिए– ‘बरु दाम खर्च गरांै, पार्टी दिनुपर्छ भने पनि पछि नपरांै, अरु चारवटा आउटलेट पनि यही मौकामा बन्द गराऔं।’ ४ वटा आउटलेट तत्काल बन्द नभएको बारे धरहराको केही फरक बुझाइ छ ।

पक्रिएको माछा ठूलो हो कि हैन, ठूलो हैन रैछ भने कसरी फेरि पोखरीमा छोड्ने, अनि अब आइन्दा माछा पक्रिँदा कस्तो, कत्रो पक्रिनेलगायतका बारेमा विस्तृत छलफल गर्ने सुरिक्षत स्थान ठहर भएकाले बाँकी ४ आउटलेटमा छापा नमारिएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्