अक्टोपसपछि सेतो बिरालोले भविष्य गर्ने



सेन्ट पिटर्सबर्ग, रुस (एजेन्सी)
विश्वकप २०१० मा स्पेनले पहिलो पटक विश्व च्याम्पियन बन्न पाउँदा एक भविष्यकर्ता महत्वपूर्ण रह्यो । पउल नामक अक्टोपसले सो विश्वकपमा गरेको सबै भविष्यवाणी सहि ठहरिएको थियो । खेल्ने दुई देसका झण्डा राखेर खाना राखिदिने र जुन खाना पउलले खान्छ त्यही आधारमा विजेता घोषित गरिएको थियो ।

८ वर्षपछि यस्तै भविष्यवाणी गर्ने भविष्यकर्ता निस्केको छ । एचीलेस नामक सेतो बिरालोले भविष्यवाणी गर्नेछ । बिरालोको अगाडि झण्डा भएको कचौरा राखिनेछ र जसमा एचिलेसले छनोट गर्छ त्यही विजेता हुने भविष्यवाणी गरिनेछ ।

सेन्ट पिटर्सबर्गको हिमटेज म्युजियममा बिरालोलाई हेरचाह गर्ने कन्ना कसात्किनाले बताए—हामीले एचिलेसलाई यसैले चुने कि उ धेरै सुन्दर छ र उनको आँखा नीलो छ । तर उ बहिरो छ । उनको अनुमान मिल्छ । उ पुरै प्रतियोगिताको दौरान त्यही रहनेछ ।

प्रतिक्रिया दिनुहोस्