दुवैपटक फेल



ब्राजिल दुवैपटक विश्वकप आयोजक राष्ट्र बनेको छ। दुवैपटक ब्राजिलले आफ्नो भूमिमा ट्रफी जित्न सकेको छैन। २०१४ विश्वकप अगाडि ब्राजिलले सन् १९५० मा विश्वकप आयोजना गरेको थियो।

टोली उपाधि दावेदारमा थियो पनि। फाइनलमा १९३० विश्वकपको विजेता उरुग्वेले ब्राजिललाई हराएर दोस्रो पटक च्याम्पियन बन्न सफल भयो। यो विश्वकप दोस्रो विश्वयुद्ध समाप्तिपछि भएको प्रतियोगिता थियो। ब्राजिलका लागि यो विश्वकपभन्दा पनि चार वर्षअघिको विश्वकपको स्मरण ज्यादै तीतो भएको थियो। ब्राजिलले जर्मनीसँग सेमिफाइनल खेल खेल्नुअगाडि सपनामा पनि सोचेको थिएन होला कि ७–१ ले हार्छ भनेर।

प्रतिक्रिया दिनुहोस्