रोमियो र मुनाका बिचमा राक्षस



आगामी साउन ११ गतेका लागि रिलिज डेट तोकिएको फिल्म रोमियो एन्ड मुनाको मोन्सटर पोस्टर सार्वजनिक गरिएको छ।

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्मको राक्षसी रूपवाला पोस्टर सार्वजनिक गरिएको हो। कम्प्युटर ग्राफिक्सबाट तयार गरिएको हो। फिल्ममा राक्षसलाई पनि एउटा पात्रको रूपमा देख्न सकिने निर्देशक नरेशकुमार केसीले बताए। डाइङ क्यान्डल नामक फिल्मबाट चर्चा कमाएका निर्देशक केसीका अनुसार फिल्ममा राक्षसलाई बिम्बका रूपमा प्रयोग गरिएको छ।

नरेशकुमारकै लेखन रहेको फिल्ममा सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्ज्वल सुजल गिरीले पनि अभिनय गरेका छन्। फिल्म भी मोसन पिक्चर्स, पीएमजी पिक्चर्स र केएस प्रोडक्सनको ब्यानरमा विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्