प्रदेश नं १ः पर्यटकीय नगरी बनाउँ



प्रदेश नं १ लाई पर्यटकीय नगरिका रुपमा विकास गरेर समृद्धीको नयाँ मार्ग खोज्नुपर्ने देखिएको छ । आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने मुख्यमन्त्री शेरधन राईले बताइरहँदा पर्यटकीय क्षेत्रको संरक्षणमा र पर्यटकको आबश्यकता अनुसारका भौतिक ब्यबस्थापनका काम पनि गर्नु जरुरी देखिएको छ ।

१ नम्बर प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने नयाँ कार्यक्रम बनाउनु जरुरी देखिन्छ । विराटनगर विमानस्थललाई प्रादेशिकरूपमा विस्तार गरी छिमेकी देशमा हवाई उडान सुचारु गर्नुपर्ने देखिन्छ । छिमेकी देशका पर्यटकलाई स्वागत गर्न सहज रुपमा हरेक पर्यटकीय क्षेत्रमा पु¥याउन विकास निमार्णमा पनि ध्यान दिनु जरुरी छ ।
शरु न्यौपाने, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्