रक्तदान गरौं पुण्य कामाउँ



नेपालका विभिन्न जिल्लामा रगत अभाव भएको खबरहरु आईरहेका छन । चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि रगत अभाव भएको कुरा सार्वजनिक भएको छ ।

देशभरका मेडिकल कलेज, सरकारी अस्पताल, निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुन्छ । दुर्घटनाका घाइतेका लागि पनि रगत अभाव भएको अबस्थामा अकालमै ज्यान जाने अबस्था हुन्छ ।

रक्तदान गरेर स्वास्थ्यलाई केही असर नपर्ने र अरु मानिसको ज्यान बचाउन सकिने भएकोले मन्दिर धाएर भगवानसँग वर माग्नु भन्दा रक्तदान गरेर पुण्य कमाउँ । सबैले रक्तदान गरौं । हामी सबैलाई रगत आबश्यक पर्छ । सबैलाई रक्तदान गर्न अनुरोध गरौं ।
मनोज रेग्मी, स्याङ्जा ।

प्रतिक्रिया दिनुहोस्