मानव तस्करलाई जेल हाल



केही दिन पहिले नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेको खबर संचार माध्यममा ब्यापक रुपमा छाएको थियो । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र गर्नु एउटा बाहिर आएको घटना मात्रै हो ।

दलाललाई मोटो रकम बुझाएर भारत,थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले सो कुराको जानकारी दिन भ्याएकोले मात्रै यो कुरा सार्वजनिक भएको छ ।

नेपाली युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । नेपाली युवाले ३५ लाख सम्म रकम बुझाएर अमेरीका चोर बाटोबाट जाने गरेको पटक पटक सार्वजनिक हुँदा समेत सरकार कानमा तेल हालेर बसेको छ ।

ठाउँ ठाउँमा नेपाली युवा युवतीको मोलतोल गरी बिक्री गरे जस्तै गरी पैसा बुझाउँदै अमेरीका गलत बाटोबाट जाने गरेका छन । नेपाल सरकारले यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्छ ।
बिजिता थापा
कलंकी काठमाडौ

प्रतिक्रिया दिनुहोस्