४२ अर्ब भुक्तानी माग्दै निर्माण व्यवसायीलेअर्थमन्त्री गुहारे



नेपाल समाचारपत्र, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलस“गको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागस“ग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताउनुभएको हो ।

महासंघको प्रतिनिधिमण्डलले विभिन्न सरकारी निकायबाट भुक्तानी हुनुपर्ने झण्डै ४२ अर्बभन्दा बढी रकम प्राप्त नहु“दा देशभरका व्यवसायी ठूलो मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो । प्रतिनिधिमण्डलले हेभी इक्युपमेन्टमा लाग्ने कर मिनाहा गरिदिन आग्रह गरेकोमो अर्थमन्त्री खतिवडाले आफू यसमा सकारात्मक रहेको बताउनुभयो ।

प्रतिनिधिमण्डलले निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव, व्यवसायीमैत्री ऐन कानुनको आवश्कयता, निर्माण कार्यमा सरकारी निकायबीचको समन्वय अभाव लगायतका विषयमा समेत अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।

यसैबीच महासंघले हालै जारी गरिएको सही कारोबारसहित विवरण बुझाई तिनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीलाई ब्याज हर्जाना छुट गरिने सूचनाप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सो सूचनाले इमान्दार व्यवसायीलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न गई राजस्वको लक्ष्य प्राप्तिमा असर पर्न जाने महासंघको भनाइ छ । सबै व्यवसायीले तिर्नु तथा बुझाउनुपर्ने सबै मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा ब्याज, हर्जाना छुट दिने सुविधा दिई तिर्न तथा बुझाउन बा“की बक्यौता राजस्व फरफारक गर्ने अवसर एकपटकको लागि प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्