तल्लो मोदीको असारभित्र उत्पादन थाल्ने



नेपाल समाचारपत्र, पर्वत । मोदीखोलामा निर्माणाधीन २० मेगावाट क्षताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले आगामी असारभित्रै उत्पादन थाल्ने तयारी गरेको छ ।

निजी क्षेत्रको मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले २०६९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि प्राकृतिक र मानवीय समस्याले अवरोध भएको थियो ।‘अब २ प्रतिशत मात्रै काम बा“की छ,’ जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले भन्नुभयो–‘अबको काम सबै प्राविधिक विषयस“ग सम्बन्धित भएकाले असारभित्रै उत्पादन थाल्नेमा हामी ढुक्क छौं ।’

यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेको आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो । चालू वर्ष अवरोधबिना निर्माणको काम अघि बढेकाले लक्षित प्रगतिमा पुग्न सफल भएको उहा“को भनाइ छ । भूकम्पले हल्लिएको जमिनका कारण मनसुन सिजनमा सुरुङभित्र पहिरो जाने, भासिने, बाढी पस्नेजस्ता समस्याले गत वर्ष काममा अवरोध आएको थियो ।

आयोजनाका अनुसार मुख्य काममध्ये ४ हजार २० मिटर टनेलमध्ये करिब ३ हजार ९ सय मिटर कंक्रिटिङ पूरा भएको छ । त्यस्तै हेडवक्र्सतर्फको काम पनि अन्तिम चरणमा छ । ड्याम क्षेत्रमा वर्षाको बाढी व्यवस्थापनको केही काम बा“की रहे पनि पावर हाउसतर्फ पठाउने ‘वाटर रन वे’ को काम सकिएको उहा“ले बताउनुभयो । पावरहाउसमा टर्वाइन तथा अन्य संरचनाको फिटिङ भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख यादवले कन्ट्रयाक्ट र सबकन्ट्रयाक्ट कम्पनीले समयमै तोकिएको काम पूरा गरेको बताउनुभयो । गत वर्ष भने तीन निर्वाचन र मनसुनमा आएको बाढीले पनि केही समय निर्माणको काममा ढिलाइ भएको हो । ‘गत फागुनमै उत्पादन दिने लक्ष्य थियो,’ प्रमुख यादवले भन्नुभयो–‘बाढीपहिरो, चाडबाड र चुनावले केही डिस्टर्ब ग¥यो ।

अब असारसम्ममा पूरा हुन्छ ।’ समयस“गै आयोजनाको लागत पनि थपिने उहा“ले बताउनुभयो । ३ अर्ब ६० करोड रुपिया“को लागत अनुमानमा शुरु गरेको आयोजनाले निर्धारण अवधिमा काम नसकेपछि लागत पनि बढेको हो । आयोजनाले २०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्