श्रमिकको हकहितका लागि मेरो उम्मेदवारी: राई



लामो समय देखी श्रमिक आन्दोलनमा क्रियाशिल , टे्रड युनियन कागे्रस आबद्ध याताायात मजदुर संघको एक पुर्ण अवधी केन्द्रिय सदस्य , महासचिव र लगातार ३ अवधी अर्थात १५ वर्ष केन्द्रिय अध्यक्ष , टे्रड युनियन कांगे्रस राष्ट्रिय समितिको १५ वर्ष केन्द्रिय सदस्य रही गत २०७४ चैत्रमा सर्वसम्मत ढंग बाट संघको राष्ट्रिय कार्य समिती हस्तानतरण गर्नु भएका तथा लामो समय देखि इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन , लण्डन का एशिया प्रसान्त क्षेत्रको कार्य समिती सदस्य रहनु भएका तथा पुश्कर आचार्य समुह बाट खुला उपाध्यक्ष पदमा प्रत्याशी रहनु भएका युवा श्रमिक नेता अजयकुमार राईसंग ट्रेड युनियन कांगे्रसको छैठौ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा गरिएको कुराकानीका सम्पादित अंश ।

यो तपाई हरुको महाधिवेशन के नारामा सम्पन्न हुन गईरहेको छ ?
दिगो विकासका लागि मर्यादित रोजगारी — सुदृढ लोकतन्त्र र आर्थिक सवृद्धी हाम्रा जिम्मेवारी भन्ने मुल नारा सहित छैठौ राष्ट्रिय महाधिवेशन काठमाडौमा यही जेठ २९ देखि ३१ सम्म सम्पन्न गर्न गईरहेका छौ । यो हामी प्रजातन्त्रवादी श्रमिकहरु को चाड उत्सव पनि हो ।

तपाई को उम्मेदवारी किन ?
म पुश्कर आचार्य समुहबाट खुलाको उपाध्यक्ष तर्फ मेरो उम्मेदवारी हो । , मैले लामो समय सम्म यातायात मजदुर संघमा रहेर यातायात श्रमिकका पक्षमा काम गरे र यस पटक टे«ड युनियन कांगे्रसमा बसेर सबै प्रकृतीका श्रमिक कर्मचारी साथीहरुका हक अधिकारका पक्षमा काम गर्नका लागि र मैले लामो समय सम्म संघमा काम गरेको अनुभव लाई व्यवहार मा उर्तान पनि हो मेरो उम्मेदवारी ।

तपाई लाई किन प्रतिनिधिहरु ले सहयोग गर्ने ?
म एक जना संगठक हुं ।, मेरा टिमका सबै साथी भाईहरुको सहयोगले यातायात मजदुर संघलाई संस्थागत रुपमा स्थापित गरेको छु । म आफु लामो समय देखि श्रमिक आन्दोलनमा समर्पित छु ,। यो श्रमिक आन्दोलन मैले राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा बुझेको छु ,।

विदेशी श्रमिक आन्दोलनका नेता तथा विदेशी टे्रड युनियनहरु संगको सम्बन्ध राम्रो संग स्थापीत गरेको छु । त्यो सम्बन्धलाई टे्रड युनियन कांगे्रस आबद्ध सदस्यहरु लाई सहयोग का रुपमा उर्तान सक्छु । उर्जावान ढंगले नया सोच र प्रविधिका साथ काम गर्ने लक्ष्य राखेको छु । मैले बुझेको टे्रड युनियन भनेको रयाडिकल हुनु पर्दछ तर त्यो अहिले भुत्ते भएको छ । त्यसलाई धारीलो बनाउन पनि हामी जस्तो उर्जावान व्यत्तिहरु नेतृत्वमा आउनु पर्दछ भन्ने लाग्दछ । र म जहिले पनि वर्गिय आन्दोलनका अभियन्ता भएकोले पनि सबै साथी हरु ले सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु ।

नेपाली टे«ड युनियन आन्दोलनको के के चुनौती छन अहिले ?

वर्तमान कम्युनिष्ट सरकारले बहुमत को दम्भमा मजदुर संगठन हरुलाई निस्तेज पार्न खोेजेको अनुभुति भई रहेको छ । , मन्त्रीहरु ले ट्रेड युनियनहरु माथी प्रतिबन्ध लगाउनु पर्छ भन्ने कुराहरु सार्वजनिक रुपमा बोल्दै हिडेकाले प्रथम चुनौती म त्यही देखि रहेको छु । लामो समय देखि कार्यरत शिक्षकहरुको स्थायी सरकारले नगरेको अवस्था छ ।

कारखाना श्रमिकका विपक्षमा औद्दोगिक व्यवसाय ऐन ल्याईएको छ त्यो अर्को चुनौति हो । नया श्रम ऐन र सामाजिक सुरक्षा ऐन आएको छ त्यो नियमावली बनाईकन लागु गराउनु पर्ने अवस्था छ । अन्र्तराष्ट्रिय रुपमै रोजगारीहरु औपचारीक क्षेत्रबाट अनौपचारीक हुदै गइरहेको छ । त्यो सबैलाई सम्बोधन गर्नु पर्ने चुनौती समेत रहेको छ । हाम्रो समुहले विजय हासिल गरे ती सबै मुद्धाहरुमा प्रतिबद्ध भएर समाधानका लागि लाग्ने प्रण समेत गरेको छु ।

संस्थाको वैदेशिक सम्बन्ध कसरी अगाडि बढाउने सोचाइ बनाउनु भएको छ ?

टे्रड युनियन कांगे्रस भनेको अन्य भातृ सस्था जस्तो हैन यसको आफनै छुटट्रै प्रकारको विशेषता छ र वैदेशिक सम्बन्ध पनि रहिआएको छ । अहिले पहिले भन्दा वैदेशिक सम्बन्ध कमजोर अवस्थामा छ । तसर्थ त्यसलाई बलियो बनाउन पनि म लागि पर्ने छु । म लामो समय सम्म ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको सदस्य भएको र भारतीय टे्रड युनियन महासंघका नेताहरु संग पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रो रहेको ले आपसी भाइचारा कायम गर्दै बर्षमा १ , २ वटा अध्ययन भ्रमण को व्यवस्था गर्ने सोच बनाएको छु । र म इमान्दारीताका साथ भन्छु मलाई टे्रड युनियन कांगे्रसको पदाधिकारी भएर विदेश जान रहर भएको चाही हैन ।

म २४ वर्षको उमेरमा संगठनबाट १ हप्mते टे्रड युनियनको तालीममा जर्मन गएको हुं । यदी त्यस्तै थियो पैसा कमाउने रहर थियो भने म पलायन पनि हुन्थे होला । , त्यस पछि पनि पटक पटक वैदेशिक तालीम , बैठकका लागि विश्वमान चित्रका विकसित देशहरुमा गएको छु तर मैले मेरो जीवन नै यो श्रमिक आन्दोलनमा लगाउनु पर्छ भन्दै आन्दोलनको अग्र मोर्चामा रहेर काम गर्दै आएको छु ।

तपाई महासंघको पदाधिकारी का लागि जुनियर हुनु भो भन्ने आरोप लगाइएको छ ?
म पहिलो पटक तपाईको मुखबाट बाट यो कुरा सुन्दैछु ।, कसैले संघमा काम ग¥यो होला कसैले महासंघमा काम ग¥यो होला । संघमा ३ , ३ अवधी करीब १५ वर्ष राष्ट्रिय अध्यक्ष चलाउदा र अन्र्तराष्ट्रिय संगठन को समितिमा बसेर काम गर्दा पनि जुनियर होईन्छ भन्ने मेरो भन्नु केही छैन । १५ वर्षदेखि निरन्तर टे्रड युनियन कांगे्रसको राष्ट्रिय समिती भित्र सदस्यका रुपमा क्रियाशील छु ।

माओवादी द्धन्द्ध कालमा समेत देशभर संगठन गर्दै हिडेको छु । अब जुनियर सिनियरको मापदण्ड के हो मैले बुझेको छैन । त्यो पोजिसनका लागि त्यो व्यत्ति काविल छ छैन भन्ने पनि हेरिनु पदर्छ जस्तो लाग्छ । मेरो क्षमता लाई देखेर केही साथी अत्तालिनु भएको होकि भन्ने लागेको छ ।
तपाईको जितका आधार के के हुन ?
मैले लामो समय देखि देशभर संगठन गर्र्दै आएको छु । सबै साथी भाईले मेरो कामको प्रसंसा पनि गर्नुभएको छ । टे्ड युनियन कांगे्रसले एमाले निकट मजदुर संगठनसंग संयुक्त रुपमा करिब १ महिना चलाएको प्रशिक्षणको टे्रड युनियन विषयको प्रशिक्षक पनि हु र त्यसको माध्यम बाट मैले धेरै साथीहरु लाई तालीम दिलाउने अवसर प्राप्त गरेको छु ,।

तिनै प्रशिक्षार्थी कोही आबद्ध संघको अध्यक्ष , महासचिव , जिल्ला टे्रड युनियको अध्यक्ष हुनु भएको ले ति सबै साथी हरु बाट सहयोग पाउदै आएको छु र अवको चुनावमा पनि त्यो सहयोग पाउने अपेक्षा गरेको छु । त्यो मेरो जितको आधार पनि त्यही नै हो । म निरन्तर आन्दोलनमा छु कही कतै विचलीत भएको छैन र म कहि कतै टे«ड युनियनको नाममा पलायन भएको पनि छैन । मैले यातायात मजदुर संघ छाडदै गर्दा यातायात मजदुर संघको कार्यालय लाई व्यवस्थित बनाएर छाडेको छु ।

गत चैतमा भएको संघको अधिवेशनमा सबै कार्य समिती निर्विरोध चयन गराउन सफल भए । त्यो नेतृत्व गर्ने क्षमता भएर नै होला त्यसर्थ यी सबै कारण मेरा जितका आधार हुन ।

अन्त्यमा केही भन्नु छ ?
यो आन्दोलनमा केही विकृती विसंगति हरु रहेको छन त्यसलाई सही दिशामा ल्याउन र परिमार्जन गर्न पनि पुश्कर आचार्य को समुह लाई जिताउन हुन सबै साथीहरुमा म हार्दिकताका साथ अपिल पनि गर्दछु ।

प्रतिक्रिया दिनुहोस्