१८ वर्षपछि सरकारले सम्झियो हेटौंडा कपडा



नेपाल समाचारपत्र, हेटौंडा । कुनै समय देशभर चर्चा कमाएर एकाएक बन्द भएपछि हाल खण्डहर बनेको हेटौंडा कपडा उद्योग पुनर्संञ्चालनमा आउने दाबी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै उद्योग पुनः सञ्चालनमा ल्याइने दाबी गर्नुभएको हो ।

‘हेटौंडा कपडा उद्योग सञ्चालनमा आउ“छ, उद्योग फेरि चलाउने अठोट गरेको छु, फेरि चल्छ,’ उहा“ले भन्नुभयो–‘त्यसका निम्ति नया“ मेसिन जडान गरिनेछ र निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिइनेछ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शेयर हाल्न लगाउने नीति ल्याउने बताउ“दै आधुनिकीकरणमा लैजान जोड दिनुभयो । सरकारी क्षेत्रको मात्र उद्योगमा लगानी हु“दा त्यसलाई फेरि सिध्याउने काम मात्र गर्ने बताउ“दै उहा“ले हेटौंडा कपडा उद्योगमा निजी लगानी प्रोत्साहन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालीमा उपभोगवादी प्रवृत्ति हावी हु“दै गएका कारण देशका विभिन्न कारखाना बन्द भएको बताउनुभयो । प्रम ओलीले कपडा कारखाना नेपालीकै कारण बन्द भएको दाबी गर्नुभयो ।

‘हामीले कपडा कारखाना सिध्याइदियौं, तर कपडा राम्रै लगाउनुपर्छ । हामीले कपास खेती सिध्याइदियौं, तर कपडा राम्रै लगाउनुपर्छ,’ उहा“ले चिन्ता जनाउनुभयो, हामी उत्पादनमुखी भएनौं ।

प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औद्योगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारी लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

सरकारहरुले २०५७ सालदेखि पूर्णरुपमा बन्द रहेको औद्योगिक क्षेत्रस्थित हेटौंडा कपडा उद्योग ब्युताउने चाहना र प्रयास जारी राख्दै आएका छन् । सरकारले लचकता अपनाएर उचित मूल्यमा लिजमा दिइए उद्योग ब्युतिने आशा राखिएको हो ।

चीनको सहयोगमा स्थापना भएको हुनाले नेपाल–चीन उद्योग वाणिज्य संघ मकवानपुर च्याप्टरले यसको प्रयास जारी राखेको छ । उसले सम्बन्धित ब्यक्तिहरुसँग भेट र परामर्शलाई प्राथमिकतामा राख्दै आएको छ । २०६९ माघमा सरकारी शेयर रहने गरी उद्योगले चर्चेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएपछि औद्योगिक क्षेत्र व्यवस्थापनले त्यसै स्थानमा नया“ उद्योगहरुलाई स्वागत गर्ने तयारी गरेको छ ।

च्याप्टर अध्यक्ष सुरेन्द्र श्रेष्ठले तत्कालीन अवस्थामा बहुप्रतीक्षित र चा“डै सञ्चालनमा आउने भनिएको हेटौंडा कपडा उद्योगलाई सरकारले खारेज गर्ने निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभयो । उहा“का अनुसार उद्योग पुनर्संञ्चालनमा ल्याउन धेरै प्रयास गरिएको छ ।

‘उपयुक्त वातावरण भए नेपाली लगानीकर्ता उद्योग पुनर्संञ्चालन गर्न सक्षम छन्,’ उहाँले भन्नुभयो–‘नभए चीनबाट लगानीकर्ता ल्याएर उद्योग पुनर्संञ्चालन गर्न सकिन्छ । यसका लागि सरकार लचक हुनुपर्छ ।

उद्योगको जग्गामा हाल नयाँ उद्योगहरु स्थापनाको तयारी भए पनि उद्योगलाई संरक्षित गरेर पुनर्संञ्चालनमा ल्याउनुपर्ने श्रेष्ठको विचार छ । ‘औद्योगिक क्षेत्र व्यवस्थापनले रुचि दिनुप¥यो, उद्योग पुनर्संञ्चालनमा आउ“छ,’ कपडा उद्योग भवनले तीन लाख ५५ हजार वर्गफिटको विशाल क्षेत्र ओगटेर बसेको छ । उद्योग पुनर्संञ्चालनमा ल्याउने प्रयास गर्दा सरकारको ठूलो रकम खेर गइसकेको छ ।

२०६९ माघ १२ को निर्णयानुसार सरकारले आफ्नो ३६ करोड शेयर रहने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जग्गा, भवन र मेसिनरीसहित हस्तान्तरण गरेको छ । उद्योगको जग्गामा नयाँ उद्योगहरु प्रवद्र्धन गर्न प्राप्त सरकारी आदेशअनुसार नयाँ अभियान थालनी गरिएको छ ।

उद्योगको क्षेत्र औद्यौगिक क्षेत्रलाई जिम्मा दिइएपछि त्यहाँ ‘नयाँ औद्योगिक क्षेत्र’ निर्माण थालिएको छ । सरकारी निष्क्रियताका कारण २०६० मंसिरदेखि लिक्विडेसनमा गएको उद्योगको जमिनमा कम्तिमा नयाँ ५० उद्योग स्थापनाको तयारी थालिएको हो ।
एमाओवादी नेतृत्वको सरकारले उद्योग पुनर्संञ्चालन तयारीका रकम निकासा गरेको थियो भने उद्योगमा करिब ६५ जना कर्मचारी नियुक्त गरिएका थिए । तर, सरकारले उद्योग नचलाउने निर्णय गरेको थियो ।

उद्योगमा १४ हजार ६ सय ८८ वटा धागो कात्ने मेसिन, चारसय ४४ वटा तानलगायत रंगाई, छपाईका मेसिन, लुम र स्पेनिङजस्ता मेसिन छन् । सस्तो कपडास“ग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग थला परेको थियो । अधिकांश महिलासहित करिब एकहजार एकसय कामदार(कर्मचारीले एउटै छानामुनि प्रत्यक्ष रोजगार पाएको उद्योग बन्द हुँदा हेटौंडा क्षेत्रको आर्थिक क्रियाकलापमा हालसम्म प्रतिकूल प्रभाव पर्दै आएको छ । उद्योग निरन्तर घाटामा जान थालेपछि सरकारले २०५७ फागुनदेखि बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्