यी हुन् यसपटक विश्वकप फुटवल खेल्ने सबैभन्दा बुढा खेलाडी



काठमाडौँ । बिहिबारदेखि शुरु हुने विश्वकप फुटवलको रौनक विश्वभर छाएको छ । बिभिन्न कोणबाट खेल, खेलाडी तथा सहभागि राष्ट्रहरुको ब्याखा बिश्लेष भइरहेको छ । यहाँ हामीले यसपटक विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडिहरुको बारेमा चर्चा गरेका छौँ ।

१) ईसाम इ हाड्रेय – गोलकिपर

इजिप्ट राष्ट्रिय टोलिका गोलकिपर ईसाम इ हाड्रेय सबैभन्दा बढी उमेरका खेलाडि हुन् । बुढेशकालले छोइसकेका उनमा जोश जाँगर भन नवजवान युवा खेलाडिमा भन्दा कम छैन । विश्वकप फुटवल शुरु हुने दिन जुन १४ तारिकमा उनको उमेर ४५ वर्ष ४ महिना ३० दिनको हनेछ । उनको खेललाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।

२) राफेल मार्कुज


मेक्सिकोका डिफेन्डर राफेल मार्कुज यसपटक विश्वकप फुटवलको रसिया महासंग्राम मैदानमा उत्रिने बढी उमेरका दोस्रा खेलाडि हुन् । उनको उमेरले पनि अब आधाआधि समय काटिसकेको छ । नवजवान युवाहरुको साथमा डिफेन्स खेल्न मैदान उत्रिँदै गरेका मार्कुजको उमेर जुन १४ मा ३९ वर्ष ४ महिना १ दिन हुनेछ ।

३) सर्गेइ इग्नासबीच


रसियाका मुख्य डिफेन्डर सर्गेइ इग्नासबीचको उमेर ३९ वर्ष भयो । उनी पनि सबैभन्दा बढी उमेरका खेलाडि मध्यका एक हुन् । संयोगबस विश्वकप फुटवलको महासंग्राम शुरु हुँदा जुन १४ तारिकमा सर्गेइले जन्मदिन समेत मनाउँदै छन् ।

४) टीम चाहिल


अष्ट्रेलियन मिडफिल्डर टीम चाहिल पनि यसपटक विश्वकप फुटवल खेल्ने बढी उमेरका खेलाडि हुन् । उनको उमेर ३८ वर्ष ६ महिना ८ दिनको भयो ।

५) जेसस् कोरोना


मेक्सिकन गोलकिपरको उमेर जुन १४ तारिकमा ३७ वर्ष ४ महिना १९ दिनको पुग्दैछ । कोरोना पनि रसियामा बिहिबार देखि शुरु हुने फिफा वल्र्डकप फुटवल प्रतियोगितामा मैदान उत्रिने बुढा खेलाडी मध्यकै एक हुन् ।

प्रतिक्रिया दिनुहोस्