आगलागीले बेकरी उद्योग खरानी



हेटौंडा,(नेस)
हेटौंडा–७, नागस्वतीमा रहेको भुटनदेवी बेकरी उद्योगमा आगलागी भएको छ। आगोबाट ७५ लाख रुपियाँ क्षति भएको बताइएको छ। उद्योगमा सोमबार दिउँसो अचानक आगलागी भएको थियो। आगलागीबाट तयारी अवस्थाका उत्पादन, कच्चापदार्थ, भौतिक संरचना, मेसिन नष्ट भएका छन्। स्थानीय हरिगोपाल सापकोटाले सञ्चालन गर्दै आएको उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। वर्षासहित परेको चट्याङका कारण विद्युत् सर्ट भएको प्रारम्भिक अनुमान छ। हेटौंडा उपमहानगरको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्