व्हाट्स एपको हल्लाका कारण पुनः दुईजनाको हत्या



नयाँदिल्ली, (एजेन्सी)
व्हाट्स एपमार्फत बालबालिकाको अपहरणकारीबारे चलेको हल्लाका कारण पछिल्लो समय फेरि दुईजना व्यक्तिको आक्रोसित भिडको आक्रमणमा परी ज्यान गएको सम्बन्धमा सोमबार भारतीय प्रहरीले १६ जना व्यक्तिलाई गिरफ्तार गरेको छ।

उत्तरपूर्वी भारतीय राज्य आसाममा बाटोमा रोकिएर दिशा सोधिरहेका ती दुई पुरुषमाथि अचानक भिडले ज्यानै जाने गरी आक्रमण गरेको थियो। व्हाट्स एपबाट भारतभरि फैलिरहेको बाल अपहरणको हल्लाकै कारण यस्तै प्रकारका आक्रमणमा परी गत महिना ७ जना निर्दोष व्यक्तिले ज्यान गुमाएका थिए।

प्रहरीले सामाजिक सञ्जालमार्फत फैलिरहेको सो हल्ला झुठो हो भनी प्रमाणित गर्न सक्दो प्रयास भइरहेको जनाएको छ। यस पछिल्ला दुई शिकारमा आसामका ेगुहावटी निवासी अडियो इन्जिनियर निलोतपल दास र र डिजिटल आर्टिस्ट अभिजित नाथ रहेको प्रहरीले बताएको छ। स्थानीय वासिन्दाले तिनीहरूलाई अपहरणकारी भएको शंकाकै आधारमा हमला गरेका थिए।

यस अक्रमणको भिडियो भाइरल भएको छ। त्यसमा १ जना पीडितले आफ्नो जीवनदानका लागि हात जोड्दै अनुनयविनय गरिरहेको देखिन्छ। आइतबार यस क्रुर हत्याकाण्डको विरोधमा गुहावटीका सडकहरूमा विद्यार्थी तथा अभियन्ताहरूले प्रदर्शन गरेका थिए। व्हाट्स अपले १ जना बालकको अपहरण हुँदै गरेको नाटकीय रुपान्तर प्रचारप्रसार गरेको थियो। त्यसमा एक समूह बालबालिका छेउ पुगेर एउटा मोटर साइकलमा आएका २ जना पुरुषमध्ये १ जनाले १ जना बच्चा लिएर मोटरसाइकमा जबरजस्ती राखेर भागेको देखिन्छ।

तर त्यो भिडियो वास्तविक तथा भारतको नभएको प्रहरीको दाबी रहेको छ। यो भिडियो बाल सुरक्षा जनचेतना फैलाउनका लागि पाकिस्तानमा बनाइएको बताइएको छ। गत महिना पनि बैंगलोरमा पनि यसै विषयलाई लिएर दुई व्यक्तिको ज्यान लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्