पानीको आगमनसँगै फेरियो सप्तरीको सम्भुनाथ नगपिालिका



शिवहरीप्रसाद भट्टराई, राजविराज ।

‘२२ वर्ष अघिसम्म हाम्रो वस्ति आसपासमा पानीको हाहाकार थियो’ सप्तरीको शम्भुनाथ नगरपालिका २, कनकपट्टिका मो. रसुल भन्दै थिए–‘वस्तिका धेरै जस्तो ट्युवेल सुक्नाले पिउने पानीको पनि ठुलो समस्या थियो।’

तर, यतिवेला अवस्था फेरीएको छ । चुरे फेदीमा अवस्थित कनकपट्टि आसपासमा वर्षाकालिन भल पानीको संरक्षण गरी सिचाईमा टेवा पुर्याउने उदेश्यले संरक्षण पोखरी निर्माण हुँदा यति वेला सो क्षेत्र हराभरा हुनुका साथै सवै ट्युवेलमा पर्याप्त पानी आउन थालेको छ ।

जिटिजेडको सहयोगमा २०५२ सालमा चुरे क्षेत्रको वर्षाकालिन भल पानी संकलन गरी सुख्या याममा सिचाई गर्ने उदेश्यले ३ वटा पोखरी निर्माण भएपछि आसपासको वस्तिमा रहेका सुकेका ट्युवेलमा समेत पानी आउने क्रम वढेको रसुलको भनाई छ ।

संरक्षण पोखरीको पानी उपयोगी वन्न थालेपछि स्थानीहरुले त्यस आसपासमा आँप खेती सुरु गरेका छन् । पानी संकलनमा वृद्धि गर्नका लागि थप संरक्षण पोखरी समेत निर्माणका क्रममा रहेका छन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको खुरहुरीया खोला संरक्षण पोखरी उपभोक्ता समितिका अध्यक्ष तेजनारायण चौधरीले भने–‘जम्मा भएको पानी सिचाई गरेर धान, गहुँ, मकै र आँपमा सिचाई गर्न सजिलो भएको छ।’

संरक्षण पोखरी निर्माणका लागि जिल्ला भु संरक्षण कार्यालयले ९ लाख ९४ हजार ९७१ तथा उपभोक्ता समुहको जनसहभागितावाट १ लाख २२ हजार गरी १० लाख ८ हजार रुपैयाँको लागतमा उक्त पोखरीको निर्माण भईरहेको कार्यालय प्रमुख विष्णु वहादुर भण्डारीले जानकारी दिए । उनले भने‘चुरे विनास हुँदै गएका कारण यसको संरक्षण सँगै सुक्दै गएको पानीको जलाधारलाई जिवन्त राख्न यस्ता पोखरी निर्माण गर्न थालिएको हो ।

संरक्षण पोखरीको उपयोगीता वढ्दै गएपछि उपभोक्ता समिति मार्फत जिल्लाभरी अन्य १० वटा पोखरी निर्माण भएको जिल्ला भु संरक्षण कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्