यस्ता किसान जसले फलाए एउटै रुखमा ५१ जातका आँप



एजेन्सी,
एकजना इन्जिनियर आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका छन् । खेती गर्न थालेका इन्जिनियरले साँच्चीकै चमत्कारै गर्न थालेका छन् । उनले एउटै बोटमा ५१ जातका आँप फलाएर चमत्कार गरेका छन् । भारतको महाराष्ट्रका रवि मारशेटवारको यो उपलब्धि अहिले भारतभर नै चर्चाको विषय बनिरहेको छ । एउटै बोटमा ५१ जातका आँप फलाउन उनी सफल भए । ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी उनले यस्तो सम्भव पारेका हुन् । यसका लागि उनले १३ सय पटक अनुसन्धान गरेका थिए । जब महाराष्ट्रका किसान देवरीकरसँग उनको भेट भयो उनले त्यहाँ कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएको देखे । उनैबाट रविले यो प्रविधि सिके। त्यसपछि उनले आँपका विभिन्न जातहरु जम्मा गरे । केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्