सूचनाको हक सिकाउँदै सम्मान



चलचित्र विकास बोर्डले बिहीबार राजधानीमा महिला सशक्तीकरणका लागि सूचनाको हक विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
सो अवसरमा बोर्डले ५ अभिनेतृलाई सम्मान गरेको छ। कार्यक्रममा पुरानादेखि नयाँ पुस्ताका अभिनेतृ शकुन्तला शर्मा गुरुङ, करिश्मा मानन्धर, मिथिला शर्मा, दीपाश्री निरौला र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको छ। कार्यक्रममा अभिनेतृहरूलाई प्रमुख अतिथि प्रदेश ३ की प्रमुख तथा सीएनएन हिरो अनुराधा कोइराला र बोर्डकी अध्यक्ष निकीता पौडेलले संयुक्तरूपमा सम्मान गरेका थिए।

प्रदेश प्रमुख कोइरालाले कलाकार समाजका रोल मोडल भएकाले महिला कलाकारले समाजलाई प्रभावित पार्न सक्ने चर्चा गदै महिला कलाकारले फिल्ममा मात्र नभएर बाहिरी समाजमा पनि सोहीअनुसारको छाप छाड्ने बताइन्। कार्यक्रमको दोस्रो सत्रमा सूचनाको हक विषयक तालिमका लागि पत्रकार बबिता बस्नेतले महिला सहभागीलाई प्रशिक्षण दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्