डा.देवकोटोको उपचार जारी, हल्लामा सत्यता छैन– न्यूरो अस्पताल



भगवती तिमल्सिना, काठमाडौ ।

बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराई रहेको न्यूरो अस्पतालले जनाएको छ । शुक्रवार राती उहाँलाई भेन्टिलेटरबाट निकालेर आईसियूमा नै राखी उपचार गराईरहेको पनि जानकारी गराईयो ।

उहाँको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

डा.देवकोटाको स्वास्थ्यमा सुधारको क्रम कम हुदै स्वासप्रस्वासमा समेत गाह्रो भएपछि मंगलबार देखि सघन उपचार कक्षमा भेन्टिलेटरमा राखि उपचार गराउँदै आएको थियो ।

भेन्टिलेटरमा पनि उहाँलाई असहज भएका कारण शुक्रवार रातीबाट भेन्टीलेटरबाट निकालीएको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको उपचार जारी रहेकै अवस्थामा सामाजिक संजालमा फैलाएका सन्देशमा सत्यता नरहेको पनि अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्