तस्करी गर्न खोजिएको मरिच बरामद



कृष्णउदास खनाल, वीरगन्ज

तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच पर्सा प्रहरीले बरामद गरेको छ। जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १ हजार ८ सय ७५ किलो मरिच बरामद गरेको हो।
प्रहरीले ना. ३ त. २४३६ नम्बरको ट्याक्टरमा राखेर भारत लैजाँदै गरेको अवस्थामा मरिच बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो। बरामद गरिएको मरिच वीरगन्ज भन्सार कार्यालयमा पठाइएको उहाँले बताउनुभयो।

कन्टेनरमा जहाजमार्फत कलकत्ता हुँदै तेस्रो मुलुकबाट ल्याइने मरिच भारततिरै तस्करी हुने गरेको छ। प्रहरीले ट्याक्टर चालक भारतको बिहार बेतिया जिल्ला सिक्टा थानाअन्तर्गत पुरैनिया ७ बस्ने ३२ वर्षको नन्दलाल यादवलाई समेत नियन्त्रणमा लिएको छ। बरामद गरिएको मरिच र चालकलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ।आइतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाबाट ३० किलो मरिच र भन्सार छलेर ल्याएको अन्य सामान पनि बरामद गरेको जानकारी दिएको छ।

यसैगरी वीरगन्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट भन्सार छली समान ल्याउँदै गरेका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ६ राईगाउँ बस्ने २८ वर्षीय मीनराज पोखरेल, भारतको कलकत्ता परगाना २१ बस्ने ३२ वर्षका सुभाजित चटर्जी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्