पत्रकार र नागरिक समाजबीच सहकार्य आवश्यक



काठमाडौं । पत्रकार र नागरीक समाजविच सहकार्य हुन आबश्यक रहेको विषयमा राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

गोगो फाउन्डेशनको आयोजनामा भएको सो कार्यक्रममा सहभागिहरुले समाजमा विधीको शासन स्थापनाका लागि दुवै संस्थाविच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताएका थिए ।

प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटाले नागरीक समाज र पत्रकारको कार्यप्रकृया फरक रहे पनि गन्तव्य एउटै रहेको बताउनुभयो । वरिष्ठ पत्रकार यूवराज घिमीरेले समाज परिवर्तनका लागि नागरीक समाज र पत्रकारले रचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिब गाउँलेले नागरीक समाज निर्माणको क्रममा रहेको बताउँदै नागरीक समाजले निरन्तर गलत बिषयको खबरदारी गर्नुपर्छ भन्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोवीन्द आचार्यले पत्रकार र नागरीक सुनुवाइ कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।

गोगो फाउण्डेशनका कार्यकारी निर्देशक केदार खड्काले संस्था १९ वटा कानुनबाट नागरिक समाज संरक्षीत रहेको जनकारी दिँदै समाज रुपान्तरणमा यसको भूमीका शशक्त हुने बताउनुभयो । कार्यक्रममा अन्य सहभागीहरुले समाजमा भएका यथार्थ बिषयलाइ उजागर गरी पिडीतलाइ न्याय प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्