लगानीकर्ताहरुलाई शेयर कारोबार नगर्न अपिल



नेपाल समाचारपत्र, काठमाडौं ।
आइतबार ३४ अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार बिहानी शेयर लगानीकर्ताका तीन प्रतिनिधिमुलक संस्थाले कारोबार नगर्न अपिल गरेका छन्। सरकारले ब्यक्तिगत तर्फको पूँजीगत लाभकर बढाउनुका साथै हकप्रद र बोनस शेयर बिक्रीमा अंकित मूल्य भन्दा माथिको रकममा कर लगाउने सूचना जारी गरेपछि सोमबार बिहान बसेको तीनवटा लगानीकर्ता संघहरुको आपतकालीन बैठकले लगानीकर्ताहरुलाई शेयर कारोबार नगर्न आब्हान गरेका हुन्।

हकप्रद र बोनसको अंकित चुक्ता मूल्य भन्दा बढी रकममा अग्रिम कर लिनु कर सिद्धान्तहरु भन्दा विपरितको कार्य भएको भन्दै लगानीकर्ता संघहरुले त्यसको डटेर सामना गर्ने अठोट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्