अमलेखगन्ज डिपोमा लोड अनलोड ठप्प



गोकुल घोरसाइने, बारा
बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा आइतबारबाट पेट्रोलियम पदार्थको लोड अनलोड ठप्प भएको छ। भारतीय शहर रक्सौलमा आफ्ना सहकर्मी कुटिएको विरोधमा ट्यांकर चालक आन्दोलनमा उत्रेपछि डिपोमा लोड अनलोड ठप्प भएको हो।

भारतीय शहर रक्सौलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले बिना कारण पिटेको भन्दै ट्यांकर चालक आन्दोलित भएका छन्। आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोड कार्य आइतबार दिउँसोबाट प्रभावित भएको छ।

भारतीय प्रहरीले बिना कारण आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएका कारण आफूहरू असुरक्षित भएको भन्दै ट्यांकर चालक निगम डिपोको गेट अगाडि धर्नामा बसेका छन्। रक्सौल नाका बन्द गर, सोनवर्षा नाका सुचारु गर जस्ता नारा लगाउँदै उनीहरूले गेटमा धर्ना दिएका हुन्। भारतीय प्रहरीले पटक पटक आफूहरू माथि यस्ता ज्यादती गर्ने गरेको भन्दै आफू सुरक्षित महशुस गर्न नसकुन्जेल ट्यांकर लोड अनलोड नगर्ने चालकले बताएका छन।

यता निगमका उपप्रबन्धक रामहरी निरौलाले आपूmहरू समक्ष कुनै औपचारिक माग नआएको भए पनि कुटपिटको विरोधमा नेपाली ट्यांकर चालक आन्दोलित भएको भन्ने आफूले जानकारी पाएको बताउनुभयो। यसअघि भारतीय प्रहरीबाट दुव्र्यवहार हँुदै आएको गुनासो आउने गरेको भन्दै निरौलाले आन्दोलित पक्षसँग वार्ता गरी कार्यसञ्चालनका लागि आपूmले पहल गर्ने बताउनुभयो। नेपालमा सबैभन्दा बढी इन्धन आयत हुने रक्सौल नाका र क्षेत्रीय डिपो अमलेखगन्जबाट ट्यांकर लोड अनलोड ठप्प बनेपछि देशका विभिन्न भागमा इन्धन आपूर्ति प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्