गुणस्तरीय शिक्षामा जोड



नेपाल समाचारपत्र
काठमाडौं
नमोबुद्ध इन्टरनेसनल मोडेल धापासीले नयाँ विद्यार्थीलाई स्वागत गर्दै राज्यका लागि सुहाउँदो र उपयोगी र सर्वसुलभ शिक्षा प्रदान गर्ने आफ्नो विद्यालयको उद्देश्यअनुरूप विद्यालय अगाडि बढेको बताएको छ।

सो क्षेत्रको प्रतिष्ठित विद्यालय नमोबुद्ध मोडेल स्कुलले विद्यार्थीलाई अन्य विद्यालयले जस्तो बढी शुल्क पनि नलिने गरेको, शिक्षाको गुणस्तर पनि राम्रो र उपयोगी भएको अभिभावकहरूले बताएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको नयाँ विद्यार्थीलाई विशेष स्वागत कार्यक्रममा टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले अहिले विद्यालय शिक्षा महँगो र अभिभावकका लागि ढाड सेक्ने खालको भएको हरेकतिर सुन्ने गरिएको तर नमोबुद्धको त्यस्तो अवस्था नभएको पाउँदा खुसी लागेको बताउनुभएको छ।

शिक्षा र स्वास्थ्य सबैभन्दा नाफामूलक व्यापार भएको र विद्यालयले विभिन्न नाममा मनपरि शुल्क लिने गरेका छन् त्यसलाई रोक्नुपर्छ भन्दै उहाँले बढी शुल्क नलिए पनि विद्यालय चल्ने र विद्यार्थीले गणस्तरीय शिक्षा पाउँदा रहेछन् भन्ने कुरा देखाएको नमोबुद्धको अनुशरण गर्न अन्य विद्यालयलाई पनि आग्रह गर्नुभएको छ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल ज्ञानबहादुर तामाङ, वरिष्ठ पत्रकार एवं धापासी बुद्धिजीवी समाजका अध्यक्ष टंक पन्त, नेकपा टोखा नगरपालिकाका अध्यक्ष नारायणभाइ श्रेष्ठ, विद्यार्थी आयुश्मा श्रेष्ठ, रेशा चित्रकार, विनिशा वाग्लेलगायतले अबको शिक्षा कस्तो हुनुपर्ने, नमोबुद्धले कस्तो भूमिका निर्वाह गर्नुपर्ने, राज्यको भूमिका के हुनुपर्नेजस्ता विषयमा उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस्