जापानमा केकीको दाबी



राजबिन थापा
टोकियो, जापान

नेपाली फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शनका लागि निर्माता तथा नायिका केकी अधिकारीसहित प्रियंका कार्की टोकियो आइपुगेका छन्।

शनिबार टोकियोमा भएको पत्रकार सम्मेलनमा कोहलपुर एक्सप्रेस कुनै फिल्मको नक्कल नभई नयाँ प्रयोग भएको नायिका तथा निर्माता केकी अधिकारीले बताइन्। नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक नायिकाका रुपमा चिन्ने गरिन्छ। करिब १ दशक नेपाली फिल्ममा आफ्नो अभिनयमार्फत् फरक पहिचान बनाएकी उनी फिल्म कोहलपुर एक्सप्रेसबाट निर्मात्रीका रुपमा उदाएकी छिन्।

यो दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसको फोटोकपी रहेको चौतर्फी आलोचना भइरहँदा टोकियो आएर पनि यो कोहलपुर एक्सप्रेस कुनै फिल्मको नक्कल नभई नयाँ प्रयोग भएको नायिका तथा निर्मात्री अधिकारीले बताइन्।

सामाजिक सञ्जालमा फिल्मको विषयमा दर्शकको मिश्रित प्रतिक्रिया छ। कतिले गुणस्तरीय फिल्म बनेको भन्दै तारिफ गरिरहेका छन् भने कतिले फोटोकपी फिल्म भएको भन्दै चर्को आलोचना पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्