धमाधम छायांकनमा चौका दाउ



काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चलचित्र चौका दाउ छायांकन भइरहेको छ। यो चलचित्रको एक साता अघिबाट छायाँकन शुरु भएको हो।

अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र संगीत हुन्। यसअघि ८ वटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा निर्माण हुन लागेको नवौं फिल्म हो भन्दैे चलचित्रको छायाँकन तिब्र रूपमा भइरहेको र जेठ महिनाभरि छायांकन सम्पन्न गर्ने उनले बताए।

सौर्य प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरिरहेका छन्। यो चलचित्रमा अजस्र ढुंगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदै छन्। चलचित्र ए मेरो हजुर २ मा सह अभिनेताको रूपमा काम गरेका अजस्रले चौका दाउबाट नायकको रूपमा डेब्यु गर्न लागेका हुन्।

चौका दाउलाई पंर्णेन्दु झाले निर्देशन गरिरहेका छन्। चौका दाउका कलाकारहरूमा विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा, सन्तोष पन्त, तैयव शाह, वर्षा राउत, अजस्र ढुंगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर ग्देललगायतको अभिनय छ।

जसमा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा संवाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटासहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यवस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ।

प्रतिक्रिया दिनुहोस्