वल्र्डकप जर्सी १ रुपियाँमा



काठमाडौं, (नेस)
विश्वकप फुटलको रौनक छाउँदै गर्दा आफूलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले १ रुपियाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ। आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबलप्रेमिलाई ९९९ रुपियाँको जर्सी १ रुपियाँमा उपलब्ध गराउने अफर ल्याएको हो। यो अफर आइतबार १२ बजेबाट शुरू हुनेछ। यो अफर वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर लोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले १०० रुपियाँ क्यास ब्याकपाउने छन्। त्यसपछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास ब्याकपाउनु हुन्छ। यसरी प्राप्तहुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ। ‘तपाईले ५०० क्यास ब्याक सदुपयोग गरी १ रुपियाँ मात्र भुक्तान गर्दा ९९९ रुपियाँको जर्सी पाउनु हुनेछ।’

ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भन्नुभयो। ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा तपाईले ११ वटा बैंकको ई बैंकिङ, ईसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ।’ ग्लोबल कि टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्