हारको चोटले विश्व नम्बर एक बनेका माइकल जोर्डन



काठमाडौं, (नेस)
माइकल जेफ्री जोर्डन अर्थात संसारले चिन्ने नाम एमजे। पूर्व विश्व नम्बर एक बास्केलबल खेलाडीका रुपमा जोर्डनको परिचय रहेको छ। सन् १९६३ फेब्रुअरी १७ मा जन्मिएका जोर्डनले आफ्नो खेल जीवनबाट सन्यास लिएको पनि लामो समय भइसकेको छ। तर, उनको स्थान भने हालसम्म पनि अन्य खेलाडीले लिन सकेका छैनन्।

हरेक मानिसले आफ्नो जीवनलाई सफल बनाउन चाहान्छन्। तर, निकै कम मानिसको मात्र त्यो चाहना पूरा हुन्छ। सफलता पनि हरेक मानिसले आफ्नै तरिकाले प्राप्त गर्छन्। कसैले पुख्र्यौली सम्पत्तिमार्फत् त कसैले आफ्नो बलबुतोमा। माइकल जोर्डनको सफलता भने दोस्रो दर्जाको सफलतामा गनिन्छ। जसले आफ्नै परिश्रम, पौरख र इच्छाशक्तिले नाम र दाम दुबै कमाए।

जोर्डन एक सफल बास्केटबल खेलाडी हुन भन्ने कुरा विश्वभरका अधिकांश मानिसलाई थाहा छ। तर, उनको त्यो सफलताको पछाडिको संघर्षको कथा भने निकै कम मानिसले मात्र जान्दछन्।

अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले उनलाई यसवर्षको अर्बपतिको सूचीमा १ हजार ४ सय ७७औं स्थानमा छन्।

अमेरिकाको नर्थ क्यारोलिना शहरमा बाल्यकाल बिताएका जोर्डन सानो उमेरदेखि नै एथ्लेटिक्समा रुचि राख्थे र आफूले प्रतिस्पर्धा गरेका हरेक खेलमा जीत हासिलको लक्ष्य राख्थे। तर, उनको लक्ष्य सधै पूरा भने हुन्थेन। हरेक खेलमा उनले राख्ने गरेको लगाव र प्रतिस्पर्धाको भावना उनका बुबाले चाल पाइसकेका थिए।

प्रतिस्पर्धाको भावनाभन्दा पनि दृढ आत्मविश्वास खेल जित्ने महत्वपूर्ण हतियार भएको कुरा जोर्डनका बुबाले सधै स्मरण गराइरहन्थे। जसलाई उनले आफ्नो व्यावसायिक खेल जीवनमा प्रयोगमा ल्याउन सफल पनि भए र विश्व नम्बर १ बास्केटबल खेलाडी रुपमा रुपमा करिब १ दशक राज गरे।

स्कुल जीवनबाट नै बास्केटबललगायत अन्य एथ्लेटिक्समा उनको प्रतिस्पर्धी भावनाका बारेमा उनका बुबा जानकार थिए। निम्न माध्यामिक तह अध्ययन गरिरहेका जोर्डनलाई उनी पढ्ने स्कुलले खेलमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै खेलबाटै निष्काशन गर्यो भने उनले पाउँदै आएको खेल छात्रवृतिमा पनि कटौती गर्यो।

जोर्डनले राम्रो खेल प्रदर्शन गर्न नसकेको भन्दै विद्यालयले बास्केटबल टिमबाटै हटाएको थियो। तर, उनले त्यही घटनालाई आफ्नो सफलताको निर्णायक बिन्दू ठान्दै अघि बढे। उक्त स्कुलमा रहँदा पछिल्लो दुई वर्षसम्म पनि टिममा नपरेपछि अन्ततः उनले उक्त स्कुल नै छोड्ने निर्णय गरे। जोर्डनले एक अन्तर्वार्ताका क्रममा उक्त स्कुलको बास्केटबल टिमबाट नहटाइएको भए आफू एक पनि अन्य विद्यार्थीसरह एक सामान्य व्यक्ति रहने धारणा राखेका थिए।

‘म बास्केटबल खेल्न निकै मन पराउँथे। तर, व्यावसायिक खेल जीवनका बारेमा म आफै स्पष्ट हुन सकेको थिइन। जब मलाई स्कुलले टिमबाट निकाल्यो, त्यसमछि म भित्र प्रतिस्पर्धाको आकांक्षा र एक महान खेलाडी बन्ने हुटहुटी पलायो।’ उनको भनाइ छ। उनले त्यस घटनाको चोटलाई आफ्नो लगनशीलताको मुल मन्त्र बनाए र खेल लाई निरन्तरता दिइरहे। जोर्डन एक सफल बास्केटबल खेलाडी बन्न चाहान्थे। तर, आफ्नै गति, लय र सोचबाट। जुन कुरा कालान्तरमा गएर वास्तविकतामा परिणत भयो। माध्यामिक तहको पढाईका लागि लेनी हाईस्कुलमा भर्ना भएपछि उनको खेलले निरन्तरता पायो। पहिलो वर्ष नै उक्त स्कुलका सिनियर बास्केटबल टिममा जोर्डन अटाए।

युनिभर्सिटी अफ् क्लारोलिनामा उच्च माध्यामिक तहको पढाई गरिरहँदा भने जोर्डनले २० वर्ष मुनीको राष्ट्रिय टिममा प्रवेश पाइसकेका थिए। तर, उनको खेल जीवनले व्यवसायिकताको रुप भने सन् १९८१ मा मात्र लियो, जब उनले पहिलोपटक नेसनल बास्केटबल एसोसिएसनमा पहिलो जित हासिल गरे। ६ फिट ६ इन्च उचाईका जोर्डनलाई विश्वले नै त्यस दशकको बास्केटबल हस्तीका रुपमा औंल्याई सकेको थियो। विश्वभरका दर्शकको उक्त भावनालाई उनले केही समयमै सत्यतामा रुपान्तरण गरिदिए।

उनले नेसनल बास्केटबल एसोसिएसन (एनबीए) बाट निरन्तर ६ पटकसम्म र आफ्नो जीवनमा १५ वटा सिजनसम्मका बिजेता रहे। तर, सफलता सधैं उनको पक्षमा भने रहेन। जोर्डनले आफ्नो खेल जीवनमा ३ सय खेल हारे भने १० हजारभन्दा बढी सट ‘मिस’ गरे। उनको पटक पटकको हारले मजाकको पात्र पनि बन्नुपर्यो।माईकल जोर्डन विश्वका अर्बपतिको सूचीमा पनि समावेश छन्। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले उनलाई यसवर्षको अर्बपतिको सूचीमा १ हजार ४ सय ७७औं स्थानमा छन्। माइकल अन्तर्राष्ट्रिय ब्राण्ड कार्लोट हर्नेट्सका मालिकसमेत हुन। उनले ५ पटक ‘मोस्ट भ्यालुएबल प्लेयर अफ् वल्र्ड’ अवार्ड जितेका छन्।

(विभिन्न अन्र्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्