उट्पट्याङ गफ



प्रधानमन्त्री कस्तो हुनुपर्छ सबैको उत्तर आउने गर्छ जनताको पिरमर्का बुझ्ने र विकासप्रेमी। हाम्रो देशका प्रधानमन्त्री कस्ता छन्। सबैले राम्रोसँग बुझेका व्यक्ति देशका प्रधानमन्त्री छन्। हामीले प्रधानमन्त्रीलाई कहिले के कहिले केको संज्ञा दिँदै पनि आएका छौं। जनताको पक्षमा काम गर्ने घोषणा गर्ने हाम्रा प्रधानमन्त्री कामभन्दा पनि उट्पट्याङ गफ गरेर जनतालाई भुलभुलैमा पार्न नै व्यस्त हुनुभएको देख्दा प्रधानमन्त्रीलाई केको संज्ञा दिने धरहरा सोचमग्न भएको छ। यो गर्छु र ऊ गर्छु भनेर बातैपिच्छे जनता हसाउने तर सिन्को नभाच्ने मान्छेलाई दिने उपाधिका बारेमा धरहराले सोचविचार गरेको छ। हैन के भाका हुन् हाम्रा प्रधानमन्त्री खुरुखुरु काम गर्नु नि हसाउने काम त हरिवंश मदनकृष्णले गरेकै छन्। किन उनीहरूको लाइनमा आउनु भन्या? खुरुखुरु काठमाडांैको फोहोर हटाउने र हराभरा शहर बनाउने काम गर्नु नि ? कि कसो त पाठकबृन्द !

प्रतिक्रिया दिनुहोस्