शरीरभरि पर्यटन



कमल ढकाल,
मानिसले पाँच कुरामा सधैं फाइट गर्छ। गास, बास, कपास, पानी र बिजुली। चर्चित फिल्म दबांगमा यही डायलग थियो। फिल्म जिन्दगीकै एक हिस्सा हो। अलि बढी नौटंकी फिल्ममा हुन्छ। जिन्दगीमा त्यो गाह्रो पर्दछ।

दबांगको यो डायलग जिन्दगीसँग मेल खान्छ। शुरूमा ती पाँच कुरा सामान्य भए पुग्छ मान्छेलाई। पछि त्यही पाँच उत्कृष्ट चाहिन्छ। छनोटमा यसपछि यो राम्रो यसपछि योभन्दा राम्रो भन्दै मानव जीवन सकिन्छ।

जीवन न हो। कुन मोडमा गएर मान्छे के बन्छ। त्यो आफैंलाई थाहा नहुने। पर्यटन व्यवसायमा ख्याति कमाएका भरत बस्नेतलाई भेट्दा यस्तै लाग्यो। पर्यटन व्यवसाय शुरू गर्दा सधैं सुटेट बुटेट हुने भरत आजकल नेपाली पोसाकमा भेटिन्छन्। २० वर्ष प्लस भयो। गर्मीमा ज्वारीकोट कुर्ता पाइजामा, जाडोमा दौरा सुरुवाल लगाउन थालेको। गर्मी होस् या जाडो टोपी छुट्दैन भरतको।

 

सधैं टाइ सुट लगाएर बिजनेस डिल गर्न जाने भरतको दिमागले भन्यो– ‘लुगा त अर्काको लगाउँछु भने नेपालको बारेमा कसरी ब्रिफिङ गर्ने?’ जब सोचको खुकुरीमा समयले पाइन हाल्छ। त्यसपछि त्यो सोच स्वतः धारिलो बन्छ। भरतको तिखो सोचले पुरानो सोच काट्यो। अर्काको लुगा लगाएर नेपालको व्यापार डिल गर्नु ढोगी लाग्दै गयो भरतलाई। आफ्नैमा आनन्द खोज्दाखोज्दै उनले यसलाई आफ्नो नियम नै बनाए।

सधैं टाइ सुट लगाएर बिजनेस डिल गर्न जाने उनको दिमागले उनलाई भन्यो– ‘लुगा त अर्काको लगाउँछु भने नेपालको बारेमा कसरी ब्रिफिङ गर्ने?ु जब सोचको खुकुरीमा समयले पाइन हाल्छ। त्यसपछि त्यो सोच बहुत धारिलो बन्छ। भरतको तिखो सोचले पुरानो सोच काट्यो। अर्काको लुगा लगाएर नेपालको व्यापार डिल गर्नु ढोगी लाग्दै गयो भरतलाई। आफ्नैमा आनन्द खोज्दाखोज्दै उनले यसलाई आफ्नो नियम नै बनाए।

कल्पना नगरेको कुरा यथार्थ बन्छ मान्छेको। भरत पनि यही समाजको मान्छे न परे। उनको जीवनमा पनि यही भयो। भोजपुर मामाघरमा जन्मेर खोटाङमा हुर्केका उनलाई राजधानीमा पढ्न आउनु नै सपना नगरीमा आएजस्तो लाग्थ्यो। त्रिविमा एमकम गर्दा उनको दिमागमा गाउँको बहुत याद आउँथ्यो। गाउँले कृषकले पसिनाको मोल नपाएकोमा उनको चित्त कँुडिन्थ्यो। गाउँका लागि केही गरौं भन्ने थियो। उनले कृषि अनुसन्धान केन्द्रमा काम गरे।

कृषकको त के आफ्नो नै राम्रो गर्न नसक्ने भए भरत। सानो जागिरका कारण। भौतारिएका उनलाई फुपूकी छोरीले पर्यटनमा लाग भनेर सल्लाह दिइन्। तत्कालीन शाही नेपाल वायुसेवा निगमको राम्रो पोस्टमा भएकी दिदीको कुराले उर्वर भरतको दिमागलाई च्याप्पै पार्यो। भरतले पनि ट्राभल एजेन्सीमा काम थालिहाले। सानो ट्राभल एजेन्सीमा काम गर्दा गर्दै यति ट्राभलजस्तो ठूलो ट्राभल एजेन्सीमा छिरे।
पहिले वर्षायाममा यति ट्राभल ३ महिना बिदा हुन्थ्यो। सन् १९७९ मा काम शुरू गरेका भरत केही वर्ष बिदाका बेलामा परिवारमा रमाउँदै खेतीपाती गर्न गाउँ नै जान्थे। सातांै वर्षमा भरतलाई युरोप हेर्ने मुड चल्यो। लागे जर्मनतिर। आठांै वर्षको वर्षे बिदामा अमेरिका चले।३ महिनापछि अमेरिकाबाट फर्कंदा अफिसले भरतको ठाउँमा अर्कै राखेछ। अमेरिका पुगेको मान्छे के आउला भनेर। जब फर्केर आए भरत बेरोजगार पो भए।

पुरानो घटनाले जहाँनेर बिट मार्छ। त्यही नयाँ जन्मिन्छ।

अमेरिकाबाट फर्केपछि भरतको जागिर अन्त्य भयो। उनका लागि चुनौतीपूर्ण नयाँ दिनको शुरूआत भयो। आफूसँग जे छ त्यहीबाट शुरू गर्नुपर्छ काम। यही बुझेका भरतले जर्मनबाट ल्याएको माउन्टेन बाइकलाई साधन बनाए। पर्यटनमा काम गरिसकेका उनको शरीरभरि पर्यटन बसेको थियो। त्यो माउन्टेन बाइक चढेर नयाँ ठाउँ घुम्दा वनको चरी वनमै रमाएजस्तै भरत ट्राभल एजेन्सी दर्ता गर्ने टुंगोमा पुगे।

भरतको पुराना दिनलाई चिर्दै एक नयाँ सम्भावना बनेर उदायो। भिक्टोरिया ट्राभल एन्ड टुर्स। काम शुरू मात्र गर्नुपर्दछ। त्यसले आफैं आफ्नो यात्रा तय गर्दछ। ट्राभल एजेन्सीमै पुरानो मित्रसँग भेट भयो। २ साथीको संगमबाट अर्काे एक व्यापार जन्मियो। र्याफटिङ व्यवसाय। यसबाट कर्णाली त्रिशूलीलगायतका खोलामा र्याफिटङ सञ्चालन गर्नुका साथै एक दर्जनभन्दा बढी विज्ञ पनि उत्पादन भयो। साथै अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा भाग पनि लियो उनको कर्णाली रिभर टुर्सले। यसले पनि केही इँटा थपियो उनको व्यवसायमा।

आँखाले हेरेर मनलाई आनन्द दिने नेपालजस्तो। राम्रो कहीं छैन। बुझ्दै जाँदा यहँँका सम्पदाले पो पर्यटकलाई आनन्द दिने रहेछ। चुरो कुरो बुझेपछि भरत पनि आफ्नो सम्पदा जोगाउनमा लागे। त्यही बुझेर उनले भोजनगृह सञ्चालनमा ल्याएर डिल्लीबजारमा विदेशीलाई टिपिकल नेपाली खाना खुवाउन थाले। खानापछि नेपालको सांस्कृतिक झाँकी पनि देखाउने गरेका छन्।
भरत आफ्नै काममा आनन्दित थिए। जब बुझ्दै गए पर्यटक यहाँको लोभलाग्दो संस्कृतिलाई माया गर्न आएका हुन्। नेपाल चिन्न आएका हुन्। यही बुझेपछि उनी बेचैन बने। त्यही भएर आफूले सक्ने गर्नुपर्छ भन्ने उनलाई लाग्यो। जुन बेचैनी उनको आँखामा प्रष्टै पढ्न सकिन्थ्यो।

यही बुझेर कान्तिपुर टेम्पल हाउस बनाए। ४८ कोठा रहेको टेम्पल हाउसमा विभिन्न धर्ममा आस्था राख्नेकाको आफ्नै मन्दिर छ। प्लास्टिक प्रयोग हुँदैन। जहाँ टेलिभिजन र एसी छैन। एक युनिक पाराको छ टेम्पल हाउस।

अरू देश सुल्टो घुमेर विकास गर्दैछन्। नेपाल भने उल्टो घुमिरहेको छ। चाइनामा मल्टिनेसनल कम्पनीमा काम नगरी स्वदेशीमा काम गर्छन् युवाहरू। हामी भने विदेश मात्र जान खोज्छौं किन? यो कुराको उत्खनन गर्दै जाँदा भरत पृथ्वीनारायण शाहबाट अति नै प्रभावित भए। संसद्ले ब्याज लाएझै पृथ्वीनारायणको लकेट ज्वारीकोटमा राखेका छन् भरतले।

जब प्रेम हुन्छ। त्यहाँ अलिक पागलपन हुन्छ। त्यसैले उनले दिव्योपदेशको किताब छपाएर बाँडेका छन् भने उनका तस्वीर आफ्नै खर्चमा गाउँ–गाउँ पुर्याएका छन्।

गाउँघरबाट हुर्केर राजधानी र विदेश घुमेका कारण पनि उनी अलिक इनोभेटिभ बनेका हुन कि? हरेक काममा तर्कसहित हेर्न खोज्छन्। परिपक्व उमेरमा उनी नेपालको जैविक र सांस्कृतिक विविधता जोगाउन लागिपरेका छन्। त्यसैले उनले आफ्नो व्यवसाय पैसामुखीभन्दा पनि राष्ट्रकै लागि राम्रो हुने अभियानमुखी हुनुपर्नेमा ध्यान दिन थालेको बताउँछन्।
३ आमाका २० लालाबालाबाट छुट्टिएर महाराजगन्जनजिक उनले आफ्नो गुँड लगाएका छन्। जहाँ उनका ३ छोरी हुर्केर आफ्नो ढंगमा काम गर्न स्वतन्त्र बने।उनकी श्रीमती भरतसँगै काँधमा काँध मिलाउन एक्सप्लोर नेपालमा काम गर्दैछिन्।

करिब १ घन्टाको कुराकानीमा १ फोन कल पनि नलिएका अनि १ मान्छे पनि नभेटेका भरत ‘वन टाइम डु वन थिङु –एक समयमा एकमात्र काम भन्ने पाराका रहेछन् भन्ने देखिन्थ्यो। पर्यटन जीवनका कारण भरतको रगत र दिमाग भर पर्यटनले गँुड लगाएछ। पर्यटनले उनको जिन्दगी परिवर्तन गरेजस्तै राष्ट्रको जिन्दगी नै परिवर्तन गर्न सक्छ भन्नेमा उनी पर्दारहेछन्।

परिपक्व ती आँखाले सम्भावना देखे पनि उल्टो घुमेको राष्ट्रकै कारण हरेक सम्भावना खेर गएको उनी बताउँछन्। थोरै पैसामा काम गर्न विदेश गइरहेका छन् युवाहरू। राजनैतिक रङका कारण भरिएको युवाप्रतिको देशको वितृष्णा अलिक चेन्जमात्र भए पनि देश आजको भोलि विकासोन्मुखबाट विकासशील राष्ट्रमा पथ्र्याे। त्यसको दह्रो टुल्समा उनले जानेको बुझेको पर्यटन पनि पर्दछ।

प्रतिक्रिया दिनुहोस्