दक्षिण कोरियन किक बक्सर माथि नेपाली खेलाडीको सानदार जीत



राजबिन थापा, जापान ।

जापानको नागोयामा बसेर किक बक्सिङ्ग खेल्दै आएका नेपाली किक बक्सर अविरल घिमिरेले आफ्ना प्रतिध्वन्दी कोरियन खेलाडीलाई पराजित गरि अर्को सफलता प्राप्त गरेका छन् ।

यस अघि सात प्रतियोगितामा शानदार बिजय गरेका घिमिरेले अहिले दक्षिण कोरियाका ब्यबसायिक किक बक्सरलाइ जापानमा पराजित गरेका छन् ्र तिन राउण्डमा भएको प्रतियोगितामा उनले तिनै सेटमा फराकिलो अन्तरले पराजित गरेका थिए ।

यस अघि ६ ओटा अर्ध ब्यबसायीक र एक ब्यबसायिक खेलमा जितेका घिमिरेले यतिखेर जापानको नागोयामा भएको हिट ४२ किक बक्सिङ्ग खेलमा दक्षिण कोरियका ३३ बर्षीय किक बक्सर किम पान सुलाइ सजिलै पराजित गरेका थिए ।

जापानमा हुने किक बक्सिङ्ग प्रतियोगितामा बिदेशी खेलाडी माझ हिमालयन चितुवाको रुपमा परिचित बन्दै गएका घिमिरेको यो बिजय यात्रा र उनको मेहनतले जापानमा नेपाल र नेपालीको नाम उचो राख्ने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्