यी हुन अहिलेसम्म विश्वकप जित्ने ८ देश



काठमाडौँ । अब विश्वकप आउन अब केहि दिन मात्र बाँकी छ ।

विश्वभरका फुटबलप्रेमीले अब विश्वकप कसले जित्ला भन्ने अनुमान लगाउन सुरु गरिसकेका छन् ।

आ–आफ्ना टिमको जर्सी किन्नेदेखि अनेकौ विश्लेषण सुरु भएको बेला सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकप देखि २०१४ मा ब्राजिलमा भएको विश्वकप सम्म आइपुग्दा २० पटक विश्वकप आयोजना भएको छ । यस पटक २१औ विश्वकप रसियामा आगामी जुन १४ देखि जुलाई १५ सम्म हुदै छ ।

अहिलेसम्म २० पटकको विश्वकप यात्रामा केबल ८ देशले मात्र विश्वकप फुटबलको उपाधि जितेका छन् । जसमा ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स इङल्याण्ड र स्पेन रहेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी पटक ब्राजिलले विश्वकपको उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक विश्वकपको उपाधि जितेको छ ।
त्यस्तै जर्मनी र इटालीले ४–४ पटक विश्वकपको उपाधि जितेका छन् । जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको छ भने इटालीले सन १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधि जितेको छ ।

त्यस्तै अर्जेन्टिनाले अहिलेसम्म २ पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले सन १९७८ र १९८६ को विश्वकप जितेको छ ।

त्यसै गरि उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५० मा विश्वकपको उपाधि जितेको छ ।

त्यस्तै फ्रान्स, इङल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि जितेका छन् । फ्रान्सले सन् १९९८ मा, इङल्याण्डले १९६६ मा र स्पेनले २०१० को विश्वकप उपाधि जितेका छन् ।

अहिलेसम्म धेरै पटक फाइनलमा पुगेर विश्वकप जित्न असफल देश नेदरल्याण्ड हो । नेदरल्याण्ड अहिलेसम्म तीन पटक विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको छ । सन् १९७४, १९७८ र २०१० मा नेदरल्याण्ड फाइनलमाप उगेर पनि विश्वकप जित्न असफल भएको थियो ।

त्यस्तै अहिलेसम्म धेरै पटक फाइनलमा पुग्ने टिम भने जर्मनी रहेको छ । जर्मनी अहिलेसम्म ८ पटक विश्वकपको फाइनलमा पुगेको छ जसमा ४ पटक उपाधि जितेको छ भने ४ पटक पराजित भएको छ । त्यस्तै ब्राजिल ७ पटक फाइनलमा पुगेर ५ पटक उपाधि जितेको छ ।

त्यस्तै इटाली ६ पटक फाइनलमा पुगेर ४ पटक उपाधि जितेको छ भने अर्जेन्टिना ५ पटक फाइनलमा पुगेर २ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्