महिनावारी के हो र कसरी व्यवस्थापना गर्ने ?



भगवती तिमल्सिना

महिला किशोरावस्थामा प्रवेश गरेदेखि गर्भवती नहुँदासम्म हरेक महिना योनीबाट ५ दिनसम्म रगत बग्छ, यो नै महिनावारी हो। यो महिला हुनुको विशेषता पनि हो। यसले महिलालाई परिपक्व भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्दछ। तर महिनावारी हुुनुलाई नेपाललगायत दक्षिणपूर्वी एसियामा नै हेर्ने दृष्टिकोण फरक रहेको छ।

महिनावारी कुनै पाप होइन, महिलाको शरीरको बनोटमै बायोलोजिकल्ली प्राप्त भएको वरदान हो। यो क्रम प्राकृतिकरूपमा सकारात्मक र मानव विकास तथा विस्तारका लागि नभई नहुने पक्ष हो। यदि महिला र पुरुषबीचको अन्तर यति थिएन भने कसरी सन्तान जन्माउने र सृष्टि गर्ने? यिनै विषयवस्तुलाई विश्वले स्वीकारेर महिनावारी भएका बेला महिलालाई आराम गर्न, स्वस्थ खानेकुरा खाने जस्ता विषयमा जोड दिइरहेको अवस्थामा नेपालमा भने पोसिलो खानेकुरा खान मात्र होइन छुनसमेत प्रतिबन्ध लगाई कतिपय स्थानमा छाउगोठमा राख्ने प्रथा अझै कायम छ।

यी गतल सोच र अवस्थालाई न्यूनीकरण गर्नकै लागि नेपालमा पहिलो पटक खानेपानी मन्त्रालयले महिनावारी दिवस मे २८ मा जनचेतनामूलक कार्यक्रम गरेर मनायो। महिनावारीलाई धार्मिक तथा सामाजिकरूपमा महिलाले पाप गरेका कारण प्रत्येक महिना रजस्वला भएर नछोई बारेर बस्नुपर्ने, फलफूल, गाईको दहीदूध खान नहुनेजस्ता कथा अहिले पनि ऋषिपञ्चमीका दिन ुुसुनाइन्छ। उक्त दिनलाई महिलाको पाप कटानीका लागि विहानैदेखि नुहाइधुवाइ गरी पूजाआजा गरी हलो नलागेको खाना, कर्कलोजस्ता चीजमात्र खानसमेत औंल्याइन्छ। यतिमात्र नभई त्यस दिनमा महिलाले बनाएको खाना पुरुषले नखानेसमेत चलन रहेको पाइन्छ।

यता वास युनाइटेड जर्मनीले भने महिनावारी के हो र कसरी व्यवस्थापन गनुपर्छ भन्नेबारेमा अनुसन्धान गरी यो महिलाको शारीरिक बनोटकै आधारमा किशोेरावस्था हुँदा महिनावारी हुनैपर्ने र कम्तिमा २० वर्षपछि मात्र महिलाको शरीर परिपक्व हुने र आमा बन्न सक्ने अवस्थामा पुग्ने उल्लेख गरिएको छ। अनुसन्धानमा महिनावारी भएको बेला ५ दिनसम्म योनीबाट रक्तस्राव हुने र २८ दिन महिनावारी चक्र हुने भएकाले अंग्रेजीमा पाँचौं महिनाको २८ तारिखलाई महिनावारी दिवसका रूपमा मनाउने तय गरेको उल्लेख गरिएको छ।

यसैलाई आधार मानी नेपालले पनि यस वर्षदेखि जनचेतनामूलक कार्यक्रमका साथै बृहत्रूपमा महिनावारी दिवस मनाउन खानेपानी मन्त्रालयको नेतृत्वमा मूल समारोह समिति नै गठन गरेको समितका सदस्य सचिव तथा सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठ बताउनुहुन्छ। कार्यक्रममा कलाकारले छाउगोठको जीवनमा आधारित नाटक, महिनावारी के हो र कसरी हेरिँदै आएको छ भन्ने बारेमा जानकारी गराएका थिए। नाटकमा महिनावारी हुनु कुनै पाप नभएर नियमित प्रक्रिया हो भनिएको थियो।

सोही अवसरमा महिनावारी किशोरी तथा महिलाका लागि कति गारो बनाइएको छ र छाउगोठमा बस्दाका कहालीलाग्दा घटना, बलत्कार र मृत्युसम्मका अवस्थालाई आंैल्याउदै जनचेतनाकै कमीले छाउगोठ र असुरक्षा बढेको औंल्याइयो। महिनावारी हुँदा प्रसस्त आराम, पासिलो खानेकुराका साथै सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइएको थियो। साथै गतवर्ष छाउगोठमा किशोरीको बलत्कारपछि मृत्युको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र अबका दिनमा कसैले छाउगोठमा राखेमा १ वर्ष जेल सजाए र जरिवानासम्मको व्यवस्था गरिएको पनि जानकारी गराइयो।

दिवसको मूल आयोजकमा खानेपानी मन्त्रालय, विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिनावारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाको समेत सहभागिता रहेको श्रेष्ठले जानकारी गराउनुभयो। उहाँले कार्यक्रमको अन्तमा सबै निकायबाट सामूहिक प्रतिबद्धतासमेत जाहेर गरिएको जानकारी गराउनुभयो।

महिनावारी हुँदा सरसफाइमा ध्यान दिन नसक्दा स्वास्थ्य समस्या हुनुका साथै संक्रमण भई ज्यानैसमेत जाने हुनाले महिनावारीमा विशेष ध्यान दिन युनिसेफका वास स्पेसलिस्ट शिद्धि श्रेष्ठले जानकारी गराउनुभयो। किशोरीलाई विशेष गरी घरमा आमा, हजुरआमा, दिदी, भाउजुले महिनावारी के हो र कतिबेला हुन्छ भन्ने बारेमा सहजीकरण गर्नुपछ। यसका साथै महिनावारीका बारेमा पाठ्यपुस्तकमा पनि समावेश गरी शिक्षक, शिक्षिकाले सहजीकरण गरी विद्यालयभित्रको शौचालय महिलामैत्री, स्यानोटरी प्याड सुरक्षित तरिकाले फेर्ने र फाल्ने ठाउँको समेत व्यवस्था हुनुपर्छ। यसका साथै शौचालयभित्रै पानीको व्यवस्थासमेत हुनु जरुरी भएको कुरा औंल्याउनुभयो।

घरमा किशोरीलाई महिलाले मात्र होइन घरपरिवारका पुरुषले पनि महिनावारीका बारेमा जानकारी राखेर महिलालाई सघाउनुपर्छ भने विद्यालयमा शिक्षक शिक्षिकाले स्यानोटरी प्याड, अधिक दुखाइ हुने किशोरीलाई आराम कक्ष, औषधि, पानीको व्यवस्था गरी मद्दत गर्नुपर्छ। समय–समयमा सरकारी तथा गैह्रसरकारी निकायले गरेका अनुसन्धानमा किशोरी महिनावारी हुँदा विद्यालय छोड्नेको संख्या ५० प्रतिशतभन्दा बढी छ। यसको प्रमुख कारण रुढीवादी किताब छुनुहुन्न, विद्यालयमा शिक्षक साथीलाई छुनुहुन्न र विद्यालयको शौचालयमा जाने वातावरण नहुनु रहेको आंैल्याएको छ।

कतिपय विद्यालयमा शौचालयको ढोका नै नलाग्ने, पानी नहुने, स्यानोटरी प्याड फाल्ने ठाउँ नहुनेजस्ता कारणले झाडीमा फाल्ने या ब्यागमा बोकेर घरमै ल्याएर फाल्नुपर्ने भएका कारण महिनावारी हुँदा किशोरीहरू विद्यालय छोड्न बाध्य भएको तथ्यांक सार्वजनिक गरिएको छ।

महिनावारीका समयमा छाउगोठमा राख्ने, छुन हुन्न भन्ने र महिलालाई मानसिकरूपमा समेत नकारात्मक प्रभाव पर्ने किसिमको गतिविधिलाई न्यूनीकरण गर्ने सोचका साथ किशोरीको भोगाइ र समाजको गलत सोचको व्यवस्थापनका लागि महिनावारी दिवस मनाउने निर्णय खानेपानी मन्त्रालयले गरेकामा अभियन्ता राधा पौडेलले खुसी व्यक्त गर्नुभयो।

उहाँले महिनावारी महिलाका लागि निकै ठूलो चुनौती र पीडा बन्दै गएको विषयलाई आंैल्याउनुभयो। उहाँले महिनावारी हुँदाका समय अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने, आलस्यता आउने, थकानका साथै वाकवाक लाग्ने र भमिटसमेत हुने हुन्छ। यस्तो अवस्थामा स्वास्थ्यका दृष्टिकोणले तातोपानीले सेक्ने, पोसिलो खाना खाने र आराम गर्ने गर्नुपर्छ। साथै कुनै नैरास्यता आउन नदिन परिवारको सहयोगको खाँचो हुने आंैल्याउनुभयो।

महिनावारीसम्बन्धी गरिएको कार्यक्रममा नेपालको स्वास्थ्य व्यवस्थापनसम्बन्धी प्रारम्भिक नक्सांकनको समीक्षा पनि गरिएको थियो। जसमा सरकारी नीति तथा कार्यक्रमका बारेमा यसरी प्रस्तुत गरियो ः
ल किशोरकिशोरी स्वास्थ्य तथा विकासका राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि महŒवपूर्ण हुँदाहुँदै पनि राज्यको सेवाबाट वञ्चित वर्गका रूपमा पहिचान।
ल राष्ट्रिय नीति, योजना तथा रणनीतिले व्यवस्था गरेअनुरूप किशोरकिशोरीको स्वास्थ्य प्रवद्र्धन गर्न अन्तरनिकाय सहकार्यमा वृद्धि।

ल नमुना परियोजनाको सिकाइको आधारमा परिवार स्वास्थ्य महाशाखाले सन् २०११ मा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न राष्ट्रिय कार्यक्रम तर्जुमा।

ल रजस्वला स्वास्थ्य प्रवद्र्धन गर्न छाउपडी प्रथा रोक्ने तथा गलत अभ्यासमा संलग्न व्यक्तिलाई दण्डसजायको व्यवस्था गर्न कानुन ल्याई राजनैतिक प्रतिबद्धता जाहेर।

ल सन् २०१५ मा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी राष्ट्रिय रणनीतिको मस्यौदा तयार। किशोरकिशोरीको आवश्यकता पूर्ति गर्न नीजि क्षेत्रको संलग्नता हुनुपर्नेमा जोड।

चुनौतीः
शहरमा प्याड पर्याप्त छ महंगीकै कारण लामो समय प्रयोग गर्ने र पुराना कपडामा निर्भर हुन बाध्य।
गाउँमा पर्याप्त प्याड पनि पुग्दैन र आर्थिकरूपमा प्याड प्रयोग गर्न सक्ने अवस्था पनि छैन।
परम्परागत पुराना कपडा लगाउने र सफा गर्ने, पुनः प्रयोग गर्ने विधिको प्रभाव रहेको छ।
यस्ता विषयवस्तुमा केन्द्रित भएर गरिएको कार्यक्रम वार्षिक दिवसमा केन्द्रित नभई वास्तविक समस्याका रूपमा सरकारी नीति र कार्यक्रमका साथै तत्काल जारी हुने बजेटमा समेत समेटिनुपर्ने सहभागीको जोड रहेको छ। महिनावारी, सरसफाइ र व्यवस्थापन सरकारको प्रमुख कार्यक्रममा पर्नुपर्ने र व्यावहारिक सुधारका लागि जनचेतनाको खाँचो रहेको कुरा औंल्याइयो।

चुनौती

अधिकांश सरकारी दस्तावेजले महिनावारी स्वास्थ्य व्यवस्थापनलाई कम महङ्खव दिएको।
सरसफाइ तथा स्वच्छता कार्यक्रमको एक अंशका रूपमा मात्र महिनावारी स्वास्थ्य व्यवस्थापन कार्यक्रम समावेश गरिएको।
विद्यालय स्वास्थ्य कार्यक्रम र महिनावारी स्वास्थ्य व्यवस्थापनको एकीकृत तालिम प्याकेज २०१५, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्र विकास योजना २०१६–२०३०।
महिनावारी स्वास्थ्यको दीर्घकालीन व्यवस्थापनमा समुदायको भूमिकालाई खासै महङ्खव नदिएको।
महिनावारी स्वास्थ्यसँग सम्बन्धित गलत अवधारणा, कुरीति तथा अस्वस्थकर व्यवहार र मूल्यांकनलाई पर्याप्त समेट्न नसकेको।
बजारमा आएका स्यानोटरी प्याड कत्तिको स्वास्थ्यका लागि उपयोगी छ छैन, अध्ययनबिनै प्रयोगमा आएको।
बजारमा आएका प्याडहरू महंगो र खर्चिलो भएका कारण खरिद गर्न नसक्दा पुराना कपडा बेरेर लाउन बाध्य भएको।
घरेलु कपडालाई स्यानोटरी प्याड बनाउन उपयोगी तालिम व्यवस्थापन नभएको।

रजस्वला स्वास्थ्य प्रवद्र्धन गर्न छाउपडी प्रथा रोक्ने तथा गलत अभ्यासमा संलग्न व्यक्तिलाई दण्डसजायको व्यवस्था गर्न कानुन ल्याई राजनैतिक प्रतिबद्धता जाहेर।

हालसम्म गरिएका कार्यक्रम तथा गतिविधि

अधिकांश संघसंस्थाको कार्यक्रम शिक्षा तथा जनचेतना अभिवृद्धिमा केन्द्रित।
केही संघसंस्था नीति निर्माण, निर्देशिका तयार र कार्यक्रम विकासमा केन्द्रित।
महिनावारी स्वास्थ्य व्यवस्थापनमा शिक्षकशिक्षिकाको क्षमता अभिवृद्धि गर्नका लागि २१ प्रतिशत संघसंस्था कार्यरत।
कुल २८ प्रतिशत संघसंस्थामध्ये ७ प्रतिशत संघसंस्थाबाट मात्र स्वस्थकर स्यानेटरी प्याड वितरण।

स्यानोटरी प्याडको बजार अवस्था

नेपालमा स्यानोटरी प्याडको वार्षिक अनुमानित आवश्यकता झन्डै १५ करोड थान रहेको छ।
हाल ९ करोड १० लाख थान स्यानोटरी प्याड बिक्री हुने गरेको छ।
अलि नाम चलेका प्याडको मूल्य विगत वर्षमा भन्दा ४ देखि १३ प्रतिशत सम्म वृद्धि भएको पाइन्छ।
न्यून परिपूर्ति र बिक्रीवितरणका कारण: कम आपूर्ति, प्रयोगकर्ताको आर्थिक अभाव, जनचेतनाको कमी र महिलामा व्याप्त अस्वस्थकर प्रयोग अभ्यास।

प्रतिक्रिया दिनुहोस्