बेलायतमाथि पुटिनको सम्पत्ति लुकाएको आरोप



लन्डन, (एजेन्सी)
बेलायतमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अवैध सम्पत्ति लुकाएको आरोप लागेको छ। यसले देशको राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको बताइएको छ। बेलायतको एक संसदीय संस्थाले नै बेलायतले रुसका राष्ट्रपति पुटिनको अवैध सम्पत्ति लुकाएको बताएको हो।

कमन्स फरेन अफेयर्स कमिटीले पूर्व जासुस सर्गेइ स्क्रिपल र उनकी छोरीलाई विष दिएको मामिला अगाडि आएपछि पनि बेलायत र रुसबीच व्यापार पहिलाको जस्तै सामान्य रहेको र यस दिशामा कुनै कदम नउठाएको सञ्चार माध्यमहरूले जनाएका छन्। ‘पुटिन र उनका निकट व्यक्तिको अवैध सम्पत्ति राख्न बेलायतको अनुचित प्रयोग भइरहेको छ।’ –मस्कोज गोल्ड–रासन करप्सन इन द यूके नामक प्रतिवेदनमा उल्लेख गरिएको छ।

रुसको ग्यास कम्पनी ग्याजप्रोमलाई स्क्रिपल र उनकी छोरीको हत्या प्रयासको केही दिनपछि नै लन्डनमा कारोबार गर्न दिएको छ। यसले पुटिनको आशंकित संलग्नताको छिनोफानो गर्ने विषयमा बेलायतको प्रयास कमजोर बनेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पूर्व जासुस र उनकी छोरीको ज्यान लिने प्रयासपछि पनि बेलायत र रुसबीच कारोबार तीव्र रूपमा कायम भयो। यस विषयमा रुसी दूतवासले ट्विटमा भनेका थिए– ‘सधैंको जस्तो सामान्य व्यापार।’

समितिका अध्यक्ष तथा कन्जरभेटिव सांसद टम टुगेनहटले बेलायतको सुस्त प्रतिक्रियाले बेलायतमा उसलाई रोक्ने हिम्मत नभएको भन्ने देखाएको सन्डे टाइम्सलाई बताए। लन्डनको बजार रुसको प्रयासमा मद्दत गरिरहेको पनि उनले बताए।

सुरक्षा तथा आर्थिक अपराध मन्त्री बेन वालेसले आफूलाई समितिमा साक्षीका रूपमा नबोलाइएको बताए। उनले भने– ‘यस्ता गल्तीले गर्दा प्रतिवेदनलाई कमजोर पार्न सक्छ भन्ने मलाई डर छ।’

प्रतिक्रिया दिनुहोस्