गफ धेरै भो सम्धी



गफ गर्नका लागि पैसा पर्दैैन। पैसा नलाग्ने गफ जति गरे पनि भो। नारा र भाषणले नै देश उहिल्यै समृद्ध र विकसित भइसकेको हो। तर व्यवहारमा लागू गर्न नसक्दा भने देशले बामे सर्न सकेको छैन। नेताहरूको भाषण सुन्दा पनि अहिले त धराहरालाई दिक्क लाग्छ। दिनहुँ भाषण र नाराले कान पाक्न थालिसक्यो। विकास निर्माणको पक्ष हेर्ने हो भने हात लाग्यो शून्यजस्तो छ। सरकारका प्रधानमन्त्री समृद्धिको भाषणा दिनहुँ छाड्दै हिँड्छन्, मन्त्रीहरूको झन् के कुरा समृद्धि कि समृद्धि विकास कि विकास।

तर नागरिकहरूले भने व्यवहारमा परिवर्तनको महसुस गर्न सकेको छैनन्। रेल चाहिएको छ। ल्याउँदै गरौंला। पानीजहाज पनि चाहिएको छ। नचाहिएको केही पनि छैन। सबै चाहिएको छ। तर आवश्यकता के हो र के कामलाई पहिलो प्राथकिमता दिने भन्ने मेलो सरकारले नपाएको देखिन्छ। काठमाडौं उपत्यकामा धूवाँ र धुलोका कारण नागरिकले ढुक्कसँग हिँड्न पाएका छैनन्। ओली सरकारको सय दिन पुगिसकेको छ।

काम गर्नका लागि धेरै गफको जरुरी पर्दैन। काम भनेको हल्लाखल्ला गरेर गर्नै होइन। जनताले थाहा नै नपाई परिवर्तन हुने गरी गर्ने हो। धरहराले दुरविन बालुवाटारमा सोझ्याउँदा एक सर्वसाधारण यात्रु प्रधानमन्त्री ओलीलाई भन्दै थिए– ‘प्रधानन्त्रीज्यू बोलेकै जस्तै पनि गर्न परेन, अहिले रेल र पानीजहाजभन्दा काठमाडौंको धूवाँ र धुलो हटाइबक्स्योसन हजुर’ !

प्रतिक्रिया दिनुहोस्