पूर्व राजा ज्ञानेन्द्र रौतहटको दुर्गा मन्दीरमा



सञ्जय कार्की
रौतहट । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गर्नु भएको छ । उहा लाई रौतहटमा शुक्रबारनै अभिनन्द गरिएको छ । बाराको सिमरा बाट रौतहटको दुर्गाभगबती गाउपालिका–३ मत्सरीमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल दुर्गा भगबतीको पुजाआजा गर्न आउनु भएका पुर्ब राजा ज्ञानेन्द्र साह लाई मन्दिर ब्यबस्थापन समितिले अभिनन्दन गरेको हो ।

 

स्वागतार्थ लाईनमा उभेका स्थानीय संग पाँच सय मिटर पैदल हिडेर पुर्ब राजा ज्ञानेन्द्र साह मन्दिर पुग्नु भएको थियो । उहाले मंन्दिरमा २४ मिनेट पुजा गर्नु भएको थियो । पंडितद्धारा बैदिक एवं तान्त्रिक मन्त्रोउच्चारण द्धारा पूर्व राजा शाहले पुजा गर्नु भएको हो । दशौ हजारमा उपश्थित नागरिकले उहालाई राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए ।

 

 

पुजा पश्चात दुर्गा मन्दीर पुजा समिति द्धारा छन्द र गद्द पद्धतीबाट तयार पारिएको अभिनन्दन पत्र मत्सरीका मनोज झा र रुद्रनारायण झाले बाचन गरी पूर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिएको पुजा समितिका अध्यक्ष विनयकुमार झाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्