राजविराज विमानस्थल शुरू



काठमाडौं, (नेस)
राजविराज विमानस्थलको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, तथा पूर्वमन्त्रीद्वय उपेन्द्र यादव र जीतेन्द्रनारायण देवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । मन्त्री अधिकारीले असारको पहिलो सातासम्म सो विमानस्थलबाट नियमित उडान हुने बताउनुभयो। मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमले निकट भविष्यमै ६ वटा सानो जहाज किन्न लागेको बताउँदै यात्रु भएमा एउटा जहाज राजविराजबाट पनि नियमित उडान गर्ने बताउनुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ३० करोड ३० लाख रुपियाँमा विमानस्थलको स्तरोन्तती गरिएको जानकारी दिनुभयो।

बुधबार मात्र राजविराजमा परीक्षण उडान गरेको एअरलाइन्सले बिहीबार उद्घाटन उडान गरेको छ। एअरलाएन्सको नाइन एन एएमएम कलसाइन भएको ५० सिट क्षमताको बमबार्डियर–२०० सिरिजको जहाजले बिहीबार राजविराजमा उद्घाटन उडान गरेको हो। प्राधिकरणबाट थप प्रकृया पूरा गरी छिट्टै नियमित उडान शुरू गर्ने श्री एअरलायन्सका अध्यक्ष सुधिर मित्तलले जानकारी दिनुभयो।। मित्तलका अनुसार श्रीले असारदेखि हप्तामा ६ दिन दैनिक उडान राख्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्