प्रदेश नम्वर १ को संसद अधिवेशन जेठ १७ बाट



विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो । विज्ञ समितिले सरकारको कामकारवाहीमा महत्वपूर्ण सुझाव दिनुका साथै निर्णय कार्यान्वयनको प्रभावकारिताको विषयमा सरकारलाई फिडव्याक प्रदान गर्ने छ । मन्त्रिपरिषद बैठकले आगामी जेठ १७ गते दिउँसो ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आव्हान गर्नकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । यसैगरी बैठकले योजना छनौट तथा कार्यान्वयन निर्देशिका २०७५ पारित गरेको छ भने निकट भविष्यमा हुनसक्ने बाढी पहिरोको प्रकोप नियन्त्रणकालागि तटबन्ध निर्माण गर्न बजेटको प्रवन्ध गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्