कल्याण होस्



प्रधानमन्त्रीसहित धेरै मन्त्रीहरूको सम्पत्ति बिवरण सार्वजनिक भएको छ। वर्तमान सरकार गठन भएको १ सय दिन नपुग्दै विवरण सार्वजनिक भयो, यो पनि सरकारको उपलब्धी नै होला। सार्वजनिक विवरण नियाल्दा धेरै मन्त्रीहरू सुनका पारखी देखिए।

२/४ तोला सुन त सामान्य दर्जनौ तोला भएका मन्त्री पनि अहिलेको क्याविनेटमा रहेछन्। तर अहिलेका चर्चित पात्र सुन काण्डका मुख्य हिरो भनिएका ‘गोरे’ लाई भने मन्त्रीहरूले उछिन्न सकेको देखिएन। ६०, ५२, ५०, ३० तोला बाहेक मन्त्रीज्यूहरू भएपछि गोरेलाई कसरी उछिन्नु ?

भनिन्छ, सुन र महिला जोडिन्छन्, महिलालाई सुन नभइ हुन्न। तर हाम्रा महिला मन्त्री चाहिँ यो मामिलामा धेरै कमजोर देखिए। खानेपानी मन्त्री विना मगरको ५ तोला र अर्की मन्त्री थममाया थापाको एक तोला मात्रै रे। प्रधानमन्त्री मात्र होइन सबै मन्त्रीहरूको बैंक व्यालेन्स नियाल्दा धरहरा उनीहरूलाई विचरा भन्छ।

नगदमा करोडपति अर्थमन्त्री खतिवडा मात्रै रहेछन्, अन्य सबै गरिब। कसैसँग पनि ५५/६० लाख पनि नगद रहेनछ। उता सम्पत्तिको नाममा गृहमन्त्री थापाका दुई वटा कुकुर पनि छन् रे। अनि मन्त्रीहरूले बुझाएको बिवरणमा धेरै ठाउँ केरमेट भएको देख्दा सम्पत्तिका मात्रै होइन, लेखपढमा पनि राम्रै गरिब हुन् कि जस्तो लाग्यो। यस्ता गरिवहरूलाई ’गोरेहरू’ले चाडै कल्याण गरुन्।

प्रतिक्रिया दिनुहोस्