जनशक्ति कहाँबाट?



पूर्वनिर्धारित कार्यतालिका अनुसार सोमबार अपरा≈न सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। सत्तापक्षले कार्यक्रम गज्जब भएको, मुलुकमा आर्थिक छलाङ मार्न योग्य भएको, विगतमा वाचा र प्रतिबद्धता गरिएअनुसारकै भएको दाबी ग¥या छ। विगतका वर्षहरूझैं प्रतिपक्षी दलहरू सरकारको आलोचनामा उत्रिएका छन्।

विगतकै निरन्तरता, परिवर्तनलाई सम्बोधन गर्ने कार्यक्रम नभएको, निबन्ध जस्तो भएको, मधेसका मुद्दा र संविधान संशोधन गर्ने पक्ष नसमेटिएको तर्क प्रतिपक्षी दलको छ। प्रतिपक्षले यस्ता शब्द र वाक्यका साथ खण्डन गरेनन् भने के को प्रतिपक्ष? सामान्य आलोचना ग¥यो भने हिजो आज प्रतिपक्षी दल झनै बिलायो कि भन्ने भान हुन थाल्या छ।

आफू सरकारमा रहँदा सबै राम्रो, विपक्षमा रहँदा सरकार खत्तम, उसको बजेट र अन्य कार्यक्रम खत्तम भन्नु, तर्क गर्नु नेपाली दलहरूको मौलिक पहिचान हो। यो नीति तथा कार्यक्रमबाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, स्वदेशमैं रोजगारीको ग्यारेन्टी गर्नेजस्ता कुरा पनि धरहराले सुन्यो। ओली प्रधानमन्त्री भएपछि धेरैले ‘राजनीतिक नियुक्ती’को रोजगार पाएको प्रस्ट हुँदा हुँदै यो कुरा आएको छ।

प्रदेशस्तरीय महाविद्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सामूहिक खेतीलाई प्रोत्साहन गर्ने, नेपाललाई ‘अग्र्यानिक नेपाल’ बनाउने अनगिन्ती योजना आएका छन्। युवाजति विदेश पलायन भइरहेका बेला धेरै योजना आएका छन्, यस्ता धेरै परियोजनाका लागि आवश्यक जनशक्ति विदेशबाट झिकाउने त होला नि⁄

प्रतिक्रिया दिनुहोस्