मानव वेचविखन तथा ओसार पसार मुद्धामा एक महिला पक्राउ



सोम दियाली, सर्लाही
मानव वेचविखन तथा ओसार पसार मुद्धामा सर्लाही प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

सर्लाही सदरमुकाम मलंगवामा यूनिक होटल एण्ड लज संचालन गर्दै आएकी चन्द्रपुर नगरपालिका २ रौतहटकी अमृतमाया वाईवालाई महिलाहरुलाई जवरजस्ती वेश्यावृतिमा लगाएको भन्दै पक्राउ गरी अनुसन्धान थालिएको हो ।

पक्राउ परेकी अमृतमायाले काठमाण्डौ, सुर्खेत, काभ्रेपलाञ्चोक तथा झापा लगायतका जिल्लाका महिलाहरुलाई विभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई ल्याई वेश्यावृतिमा लगाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

प्रहरीले विशेष सुराकीको आधारमा उनले संचालन गरेको होटल चेकजाँच गर्दा होटलमा काठमाण्डौं, सुर्खेत तथा झापाका तीन जना महिला फेला परेको र अमृतमायाले आफुहरुलाई विभिन्न किसिमको प्रलोभन देखाई आफुले संचालन गरेको होटलमा राखि नेपाल तथा भारतका पुरुषहरुसँग यौन सम्पर्क गर्न वाध्य बनाएको ती महिलाहरुले वयान दिएका प्रहरी नायव उपरीक्षक थापाले बताए ।

पक्राउ परेकी अमृतमाया माथि जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी थप अनुसन्धन भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्