सन्दीप आज मुम्बईविरुद्ध खेल्दै



काठमाडौं, (नेस)
इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन्। यो उनको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२औं खेलमा मात्रै उनले डेब्यु गर्ने मौका पाए। मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।

सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए। उनले पार्थिव पटेलको विकेट लिएर आईपीएलमा विकेटको श्रीगणेश गरे। उनले सो खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए। यो खेल भने दिल्लीले हा¥यो। तर शुक्रबारको खेलमा भने सन्दीपले ४ ओभरमा २१ रन दिएर एक मात्र विकेट सुरेश रैनाको रूपमा हात पारे। रैनाजस्ता आक्रामक ब्याटसम्यानलाई गुगली बलिङ गर्दै क्याच आउट गराएका थिए। यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र उनको हातमा प¥यो १ लाख भारु।

रोयल्सबीचको भीडन्तमा राजस्थानको बाजी
इन्डियन प्रिमियर लिगअन्तर्गत अन्तिम चरणको खेलमा दुई रोयल्सको भीडन्तमा राजस्थान रोयल्सले बाजी मारेको छ।

शनिबार भएको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३० रनले पराजित गरेको हो। यो जित दुवै टोलीका लागि महŒवपूर्ण रहेको थियो। जित्ने टोलीले प्लेअफमा खेल्न सकिने तर हारले प्रतियोगिताबाटै बाहिरिने समीकरण थियो। हारेपछि भारतीय कप्तान विराट कोहलीको टोली बैंगलोर बाहिरियो। बैंगलोरले कुल १४ खेलबाट १२ अंकसहित छैटांै स्थानमा रहेको छ। यस्तै विजेता टोली राजस्थानले कुल १४ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लिन सफल भएको छ।

राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन जोडेको थियो। फर्ममा रहेका जोस बटलर इंग्ल्यान्ड फर्केपछि ओपनर सम्हालेका राहुल त्रिपाठीले टोलीलाई निरास गरेनन्। उनी नटआउट हुँदै ८० रन जोड्नु नै टोली सुरक्षित स्कोरमा पुगेको थियो। ५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै टोलीका लागि कप्तान आजिन्क्य रहाणेले ३३ रन र हेनरिच क्लासनले ३२ रनको योगदान दिए। बैंगलोरका बलरमा उमेश यादवले सर्वाधिक ३ विकेट लिएका थिए।

जवाफमा कप्तान कोहली ४ रनमै गुमाएको बैंगलोरले एबी डिबिलियर्स र पार्थिव पटेलको ब्याटिङ हुन्जेल जित्ने लक्षण देखाएको थियो। जब यी दुई ब्याटसम्यान श्रेयास गोपालका सिकार भएपछि राजस्थानका बलरले उनीहरूको इनिङ १ सय ३४ रनमै समेटेका थिए। एबीले ७ चौकासहित ५३ रन जोड्दा पार्थिवले ३३ रन बनाएका थिए। बैंगलोरको प्लेअफको आशा समाप्त गरेका गोपाल म्यान अफ द म्याच घोषित भए। उनले ४ ओभरमा मात्र १६ रन खर्चेर चार विकेट लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्