प्रचण्डको राजनीतिक छलाङ



निनाम कुलुङ “मंगले”

पछिल्लो समय नेपालको राजनीतिमा प्रभाव जमाएका र सत्ता साझेदार रहेका दुई ठूला नेकपा एमाले र नेकपा माओवादी केन्द्र (माके) एकीकृत भएर नेपालकै शक्तिशाली र ठूलो (जनमतका आधारमा) राजनैतिक दल भएको छ। हाल एकीकृत भएको उक्त दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने कुरा पनि राजनैतिक बजारमा छाएको छ। तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनैतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेको यथार्थ कसैसामु छिपेको छैन। यो प्रकरणले नेपालको राजनैतिक बजारमा निर्वाचन आयोगले कत्तिको निष्पक्षता अपनाउला? भनी व्यग्रताका साथ हेरिरहेको छ।

हुन त २०६४ वैशाखमा भएको ऐतिहासिक संविधानसभाको निर्वाचनद्वारा गठित पहिलो संविधानसभा विघटन भएपछि २०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनको प्रचारप्रसारका क्रममा माओवादीले काठमाडांैमा आयोजना गरेको एक आमसभामा कमरेड प्रचण्डले सार्वजनिकरूपमा भनेका थिए– ‘एमाले भनेको कम्युनिस्टको हिङ बाँधेको टालो मात्रै हो तर माओवादी भनेको असली हिङ हो।’ असली हिङ नै भइसकेपछि हिङ बाँधेको टालोको के काम? आज कमरेड प्रचण्डलाई त्यही हिङ बाँधेको टालो नभई भएन मात्रै होइन, उक्त पार्टीको संयुक्त अध्यक्ष नै भएका छन्। तर, उनीहरूले व्यावहारिक रूप र आमप्रचलनमा संयुक्त अध्यक्ष भन्छन् भन्दैनन्, हेर्न बाँकी नै छ।

नेपालको राजनीतिमा जान्ने बुभ्mने हौं भन्नेहरूका अनुसार कमरेड प्रचण्डलाई जसरी हुन्छ, सकेसम्म एकपटक नेपालको राष्ट्रपति (कार्यकारी) हुनु छ। अनि लगभग ११ वर्षसम्म चलाएको आन्तरिक युद्ध (माओवादीको भाषामा जनयुद्ध) का क्रममा जोडेको सम्पत्तिको सुरक्षा गर्नु छ। त्यस्तै उक्त युद्धका क्रममा सरकारी पक्ष र विद्रोही पक्षका तर्फबाट मारिएका (तत्कालीन माओवादीको भाषामा भन्नुपर्दा सहिद भएका) लगभग १७ हजार निर्दोष जनताको आत्माबाट शान्ति र मुक्ति पनि पाउनुपरेको छ। त्यस्तै सकेसम्म नेपालको एकीकृत कम्युनिस्ट पार्टीको आधा कार्यकाल भए पनि अध्यक्ष र आधा कार्यकाल भए पनि पुनः प्रधानमन्त्री आपूm हुने सपना पनि कमरेड प्रचण्डमा जीवितै थियो। त्यसमा पूरै कार्यकाल पार्टीको अध्यक्ष पनि हुन पाएका छन्। यस अर्थमा १७ हजार निर्दोष नेपाली जनताको अनाहकको बलिदानीको आलोकमा कमरेड प्रचण्डले राजनैतिकरूपमा ठूलो छलाङ मार्न सफल भएका छन्।

कमरेड प्रचण्डको फेरि पनि प्रधानमन्त्री हुने र कार्यकारी राष्ट्रपति हुने सपना पूरा हुन बाँकी छ। तर, नेपालको राजनीतिमा मोहोरा कताबाट र कसरी छ, कसले घुमाउँछ? अत्तोपत्तो नहुने भएकाले कमरेड प्रचण्ड प्रधानमन्त्री हुने र कार्यकारी राष्ट्रपति हुने कुरालाई अहिले नै यसै हुन्छ भन्न सकिँदैन। हुन त कमरेड प्रचण्डबारे भन्नुपर्दा २०६२÷०६३ को परिवर्तनपछिको खासगरी २०६४ यताको इतिहास हेर्दा समग्रमा प्रचण्डको खुबी भनेको चरम अवसरवादिता देखाउनु र बिरालाले मुसो खेलाएझैं अरू पार्टीका नेताहरूलाई खेलाउनु र अन्तमा आपूmले राजनीतिक फाइदा लिन सक्नु हो।

यस क्रममा कमरेड प्रचण्डले गरेका केही काम कारबाहीको प्रमाण भनेको २०६४ को पहिलो संविधानसभाको निर्वाचनअघि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई ‘तपार्इं गणतन्त्र नेपालको पहिलो राष्ट्रपति∕’ भनी दिएको आश्वासन र पछि दिएको धोका, त्यस्तै माधवकुमार नेपाललाई पनि शुरूमा राष्ट्रपतिको ललीपप देखाएर अन्तमा वास्ता नगरेको प्रसंग, त्यसअघि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य दिन्छौं भनी उनीहरूको कथित् जनयुद्धमा होमेको प्रसंग पनि घत लाग्दा नै छन्।

तर, कमरेड प्रचण्डले साँच्चै नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य वा भनौं स्वयत्तता दिन चाहेको भए २०६४ को संविधानसभामा चुनिएर÷मनोनित भएर आएका ६०१ सभासदमध्ये ४ सय १९ जनाले संविधानसभा विघटन हुनुअघि विवाद समाधान उपसमितिको संयोजक कमरेड प्रचण्ड भएकाले उनलाई माथि उल्लेखित ४ सय १९ जना सभासदले हस्ताक्षर गरेर दिएका थिए। तर, ‘बिरालाले म्याउँ गरेरै छाड्छ नत्र ऊ कसरी बिरालो हुन्छ?’ भनेझैं अन्तमा प्रचण्डले पनि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई धोका दिएरै छाडेका थिए।

हुन त अरू बाहुन नेताहरू हेरेर कमरेड प्रचण्डलाई बाहुन भएर पनि हक्की र नढाँट्ने स्वभाव भएका बाहुन नेताका रूपमा लिन सकिन्छ। अरू पार्टी नेपाली कांग्रेस, हालै विघटित नेकपा एमाले, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा एकीकृत, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) आदि राजनैतिक पार्टीका नेताहरू जो जातले पनि बाहुन, क्षेत्री र व्यवहारले पनि प्रस्टैसँग बाहुन क्षेत्रीको व्यवहार देखाउँछन्। कमरेड प्रचण्डको यो खालको इमान्दारिताको भने प्रशंसा गर्नै पर्छ। यस प्रसंगमा भन्नुपर्दा २०६२÷०६३ को परिवर्तनपछि २०६६÷०६७ को बीच समयमा उनी पटकपटक लैनचौरस्थित भारतीय राजदूतावास गएका थिए।

आखिरमा पत्रकारको ट्रयापमा परेपछि (खासमा भारतीय राजदूतावासकै सूचनाका आधारमा) ‘यो पटकसमेत म लैनचौर आएको सातौं÷आठौंपटक भयो⁄’ भनी स्वीकार गरेको कुरालाई लिन सकिन्छ। जसले गर्दा, नेपालका जति नै राष्ट्रवादी हौं भन्ने पार्टी र तिनका नेताहरू पनि आखिरीमा लैनचौरस्थित भारतीय राजदूतावास नगई र केही न केही मन्त्रणा नगरी धर पाउँदैनन् भन्ने कुरो प्रचण्डको लैनचौर प्रकरणले प्रमाणित गरेको थियो।

त्यस्तै २०६९ को अन्तिमताका नेपालका आदिवासी जनजातिका लागि जातीय, भाषिक, धार्मिक, ऐतिहासिक आधारमा पहिचान झल्कने गरी संघीयता दिन र हकअधिकार दिलाउनका लागि ‘अब म लड्न सक्दिनँ, तपाईंहरू आपैmं अघि बढ्नोस्’ भनी प्रस्टसँग भनेका थिए। तर, प्रचण्डको त्यो भनाइलाई नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले प्रचण्डले नेपालका आदिवासी जनजातिलाई अनावश्करूपमा उचाले÷उकासे भनी लेखे, टिप्पणी गरे।

यसरी हेर्दा खासगरी मूलधार हामी हौं भन्ने नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले प्रचण्डले जनजातिलाई अनावश्यकरूपमा उचाले÷उकासेको जस्तो देखे तापनि राजनैतिक पार्टीका रूपमा तत्कालीन नेकपा माओवादी र नेताका रूपमा कमरेड प्रचण्डले नै नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिको वास्तविक समस्यालाई हल गर्लान् कि त? भन्ने आशा गरेका थिए नेपालका आदिवासी, जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका अगुवाहरूले र नैै नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका अगुवाहरूले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को पक्षमा मतदान गर्न आप्mना समुदायलाई आग्रह गरेका थिए।

तर, आखिरमा ‘बिरालाले म्याउँ गरेरै छाड्छ’, नत्र ऊ कसरी बिरालो हुन्छ?’ भनेभैंm कमरेड प्रचण्डले पनि ‘म्याउँ गरेरै छाडे’। तर, कमरेड प्रचण्ड र उनको पार्टीले त्यसको फल चाख्न धेरै समय कुर्नुपरेन, २०७० को दोस्रो संविधानसभाको निर्वाचन परिणामले देखाइहाल्यो। त्यस्तै २०७४ को ३ वटै निर्वाचनको परिणामले पनि प्रचण्ड र उनको पार्टीले नेपालका आदिवासी, जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका जनतालाई दिएको धोकाको पुष्टि भयो। तर, नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले खासगरी मूलधार हामी हौं भन्नेहरूले भने २०७० र २०७४ को निर्वाचनमा नेपालका जातिवादी र साम्प्रदायिकको पत्तासाप भएको रूपमा बुझे।

यसरी राजनीतिकरूपमा हेर्दा कमल थापा, विजयकुमार गच्छदारलगायत अन्य केही नेतासरह नै सत्तामोह देखाउने गरेका कमरेड प्रचण्डले अहिले आएर हिङ बाँधेको टालो अर्थात् एमालेको आलिंगनमा न्यानो त महसुस गर्लान नै, नगरुन पनि कसरी? किनभने, जनयुद्धकालमा पार्टीको नाममा जोडेको अकूत सम्पत्तिको सुरक्षा गर्नु पनि छ। त्यसैले कमरेड प्रचण्ड आपूm एमालेमा विलय हुन तयार भए। अनि अध्यक्षसमेत बन्न सफल भएका छन्। साथै आप्mना केही विश्वास पात्रहरू जस्तै– वर्षमान पुन मगर ‘अनन्त’ र उनकी श्रीमती ओनसरी घर्तीलगायतलाई एकीकृत पार्टी ‘नेकपा’को स्थायी समितिमा पार्न पनि सफल भएका छन्।

तर, कमरेड प्रचण्डले आपूm यसरी राजनैतिक रूपमा छलाङ मार्नमा सहयोगी सिद्ध भएका ती १७ हजार निर्दोष जनताका लागि के गर्दा हुन्? के उनले फेरि पनि एकपटक ‘भैंसी पूजा’ गर्लान्? लगभग ११ वर्षको समयावधिमा बिनाकारण बलिवेदीमा होमिन÷मारिन बाध्य भएका ती १७ हजार निर्दोष जनताका लागि के गर्लान्?

प्रतिक्रिया दिनुहोस्