रैनालार्इ अाउट गर्दा सन्दिपले जिते भारू एक लाखसहित अवार्ड



काठमाडाैँ । इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका  नेपाली युवा खेलाडी सन्दीप लामिछानेले एक लाख भारू सहित स्टाइलिस प्लेयर अफ दी म्याजकाे अवार्ड जितेका छन् । शुक्रबार भएकाे महेन्द्रसिंह ध्वनीले नेतृत्व गरेकाे चेन्नर्इ सुपरकिंग्स बिरूद्धकाे खेलमा सन्दिपले निकै कसिलाे बलिङ गरेका थिए ।

४ अोभरको स्पेलमा १ विकेट लिदै २१ रनमात्रै खर्चेका थिए। सन्दीपले सुरेश रैनालार्इ १५ रनमा अाउट गरेका हुन्।  खेल ३४ रनकाे अन्तरले दिल्लीले जितेकाे छ । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नइ निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय २८ रनमा समेटिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्