भ्याली र महामञ्जुश्रीलाई उपाधि



काठमाडौं, (नेस)
भ्याली पब्लिक, महामञ्जुश्री र लालीगुरा“स नेसनल एकेडेमी (एलएनए) ले तेस्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।

सिनियर ब्वाइजको थ्री बाइ थ्री फाइनलमा भ्यालीले ग्रिनल्यान्डलाई १६–१३ ले हराएको हो। त्यस्तै सिनियर गल्र्सतर्फ महामञ्जुश्रीले पनि ग्रिनल्यान्डलाई १३–१२ ले पराजित ग¥यो। बसुन्धारा नेसनल एकेडेमीको कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा लालीगुरा“सले आयोजक बीएनएलाई ३५–२६ ले निराश पारेको थियो। विजेता टोलीका प्रिन्स केसीले १९ अंक जोडे।

प्रतियोगितामा सिनियरमा भ्यालीका प्रेम लोप्चन र महामञ्जुश्रीकी कुसुम लामा ‘मोस्ट भेलुएबल प्लेयरँ घोषित भए। जुनियरमा लालीगुरा“सका दीपेश क्षेत्री ‘मोस्ट भेलुएबल प्लेयरँ, बीएनएका सम्यम चापागाईं उत्कृष्ट थ्री प्वाइन्टर तथा बीएनएकै सन्देश खड्का (५७ स्कोर) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

प्रतिक्रिया दिनुहोस्