नेपाली कलाकार लाहुरे र बिपुलको अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य



नेपाल समाारपत्र
काठमाडौं
डेनिस ब्रान्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापछि ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ। जसले यसवर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकार को खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक ट्र«याकहरू बनाउने भएको छ।

टुबोर्ग ओपनले अभियानको दोस्रो वर्षमा पनि उत्कृष्ट संगीतकारसँग मिलेर केही विशेष रचना गर्दैछ। ती कलाकारले एउटै विश्वव्यापी सन्देशका साथ आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दमा गाउनेछन्। टुबोर्गको एसिया र युरोपभरिको प्रमुख बजारका कलाकारहरूले मानिस लाई आफ्नै तरिकामा ‘ओपन टु मोर’हुन पे्रेरित गर्नेछन्। जसले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिन्छ।

अमेरिकी निर्माता तथा डिजे डिप्लोे अघिल्लो वर्षको अभियानमा पनि सहभागी थिए। यसवर्ष उनी डेनमार्ककी कलाकार तथा गायिका मोसँग आएका छन्। उनीहरू मिलेर टुबोर्गका लागि ‘स्टे ओपन’ नामक ट्र«याक रचना गरेका छन्। जसमा विश्वभरका कलाकारहरूलाई ‘ओपन टु मोर’ हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुतगरी पुर्नलेखन गर्ने निम्तो गरिएको छ।

यस अभियानमा डिजे तथा गायक इभान र्डोनले रसियासँग र विशाल डढलानी भारतसँग संलग्न भएका छन्। नेपालमा भने दुई जना लोकप्रिय स्थानीय कलाकारसँग सहकार्य गर्न लागिएको छ। जसमा लोकप्रिय नेपाली ¥यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’ रहेको छन्। दुवैजना गायक आफ्नो समकालीन लोक संगीतका लागि चिनिन्छन्। गायक तथा गीतकार लेभान्टेले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन्। चीन, बुल्गेरिया र म्यानमारमा भने कलाकारहरू निश्चित हुन बाँकी रहेको छ।

यस वर्षको अभियानबारे आफ्नो धारणा राख्दै डिप्लोले भने– ‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँन पाउँदा निकै उत्साहित छु। यस वर्ष टुबोर्ग हामीमाँझ ओपन टु मोरको अवधारणाका साथ आएको छ। त्यसका लागि मो र म ‘स्टे ओपन’ ट्र«याकमा काम गरिरहेका छौं। मानिस धेरै अवस्थामा अन्तरमुखी स्वभावका हुन्छन्। यो ट्र«याक नयाँ व्यक्ति र नयाँ अनुभवका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ।’
डेनिस गायिका तथा गीतकार मोले पनि आफू विश्वव्यापी सहकार्यका लागि उत्साहित रहेको धारणा राखेकी छन्।

‘मेरा लागि तयार गरिने अन्तिम सांगितीक ट्र«याकको यात्रा नै उत्कृष्ट रहेकोछ। नयाँ चनलचल्तीका बारेमा खुल्ला रूपले सोच्दा हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुरा कहिले–काहीँ राम्रोसँग मिल्न जान्छ। मलाई यस प्रक्रियामा सिकिने अनुभव गर्न सकिने तथा शुरुमा आफूसँग भएको ट्र«याक पूर्ण रूपले फरक देखिने पक्ष मन परेको छ। म निकै उत्साहित छु।’–मोले अभियानका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै भनिन्।

अभियानमा आबद्ध भएपछि आफ्नो उत्सुकता व्यक्त गर्दै लाउरेले भने –‘टुवोर्गले सधैं नेपालमा सांगीतिक सहकार्य र कार्यक्रम गरिरहेको छ र मैले धेरै स्थानीय कार्यक्रममा काम गरेको छु। यस पटक टुबोर्ग ओपनले विश्वभरका संगीतकारलाई खुला अन्तर्राष्ट्रि«य मञ्चमा ल्याएको छ। टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा उत्साहित भएको महशुस गरिरहेको छु।

प्रतिक्रिया दिनुहोस्