गोलकिपर अनिवार्य है !



अब अचम्म मान्नुनपर्ने भयो, दुई ठूला वाम दल एमाले–माओवादी ‘मर्ज’ भएका छन्। दुवै पार्टी मर्ज भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। नयाँ पार्टीको चुनावी चि≈न सूर्य रे। नयाँ पार्टीलाई मुलुकको अहिलेसम्मकै सबैभन्दा सशक्त कम्युनिस्ट पार्टी दावी गरिएको छ।

प्रतिपक्षी दल कांग्रेस अब झनै कमजोर बन्ने आंकलन गरिएको छ। ‘अब सूर्यले कांग्रेसको बुढो रुख सुकाउन कुनै ठूलो कसरत गर्नुपर्दैन’ भन्नेहरू पनि शहर बजारमा धेरै छन्। पार्टी एक भएपछि दुवै अध्यक्ष कम्रेड ओली र प्रचण्डले ‘जिट्को’ नामक जापानी प्रजातिको बिरुवामा जल सेचन गरेको दृश्य प्रष्ट देखियो। जिट्को अचम्मको वनस्पति रहेछ।छेपारो झैं पटक–पटक रङ फेर्न सक्ने।

एक वर्षमा ३ पटक रङ फेर्न सक्ने त्यस्तो वनस्पतिलाई जल सिंचन गरेर पार्टी एकता गर्नु कतै पार्टीले पटक–पटक रङ फेर्न सक्छ भन्ने पूर्वसंकेत त होइन ? बेर पनि छैन, आखिर नेपालको हावापानीमा हुर्किएका दल र तीनका नेता न परे। पटक–पटक दल फुटेका र चोइटिएका उदाहरण प्रशस्त छन्।

अनि कम्रेडद्वयले बिरुवामा पानी सिंचन गर्नु ‘हाम्रा लागि कांग्रेस पनि चाहिन्छ’ भन्ने संकेत हो ? त्यसो त मैदान र खेलाडी मात्रै भएर पनि खेल रोचक हुन्न होला। गोलकिपरबिनाको गोलपोस्टमा बल प्रहार गर्नु के मज्जा हैन, त कम्रेडहरू ?

प्रतिक्रिया दिनुहोस्