नेकपा ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता



काठमाडौं । एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई ‘अण्डरलाइन’ गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन ।

उनले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताए । पार्टी दर्ता गर्न निर्वाचन आयोगमा केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डसहितका नेता उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्